सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना काठमाडौंबाट पक्राउ
146 पटक पढिएको
काठमाडौं, १९ जेठ । काठमाडौंको तारकेश्वरमा गुडिरहेको स्कुटरबाट महिलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङका दुई युवकसहित नुवाकोट र भारतका एक–एक जना रहेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङको रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ र २६ वर्षीय हेमन्त तामाङ रहेका छन्। यस्तै नुवाकोटको ककनी गाउँपालिका-२ घर भई हाल तारकेश्वर बस्ने १९ वर्षीय लाक्पा तामाङ र भारतको पश्चिम बंगाल घर भई हाल काठमाडौंको नरदेवी बस्ने ५० वर्षीय शुकुमार पात्र पनि पक्राउ परेका हुन्।
गत जेठ ११ गते तारकेश्वर नगरपालिका-८, जरङ्खुमा स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना महिलाको सुनको सिक्री लुटेर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ७५ हजार ८ सय रुपैयाँ र लुटपाटमा प्रयोग भएको एक थान स्कुटर समेत बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
- तस्बिर एआई








If you are looking for a thrill, this is the place. The competitive odds and the overall vibe of the site make every bet feel exciting. I am hooked! betwarriors
This platform is a game changer. The variety of games available is huge and I managed to hit a nice win on my first try. Cheers to the team! phjojobet
Really impressed with the rewards program here. It feels like they actually value their loyal players. Check out coaliadoswplay if you want a fair game