मैदीमा जापानिज स्याउका चारसय बिरुवा बितरण

562 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-धादिङको मैदी गाविसको काफल स्वारा, गैरी गाउँ, पधेली, ठूलो पोखरीमा जापानिज स्याउका बिरुवा रोपिएको छ ।
जिल्ला भु–संरक्षण कार्यालय धादिङ र परिवर्तनका लागि प्रतिबद्ध समाज कोसोक नेपाल धादिङकोे सहकार्यमा मैदी फलफूल तथा तरकारी उत्पादन कृषक समुह मैदी ७ धादिङको अग्रसरतामा स्याउका विरुवा रोपिएको कोसोक नेपाल धादिङका सामाजिक परिचालक नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । मैदी गाविसलाई फलफूल पकेट क्षेत्र बनाउनको लागि स्थानिय स्तरमा फलफूल किसान समुह समेत गठन भएको छ ।
विगतका बर्षहरुमा पनि जिल्ला भु–संरक्षण कार्यालय धादिङबाट १७ सय जापनिज नासपातिका विरुवाहरु कृषकहरुलाई वितरण गर्दा अति राम्रो भएकोले यस बर्ष थप ४ सय विरुवा बितरण भएको मैदीका अगुवा किसान अशोक भारतीले बताउनु भयो । यसै गरी आर्थिक बर्ष २०७०÷७१ मा मैदी गाविसमा फलफूल तथा तरकारी उत्पादन कृषक समुहको पहलमा ५ हजार लिचिको विरुवा रोप्ने योजना रहेको कृषक समुहका अध्यक्ष सावित्री पुरीले बताउनु भएको छ ।