बर्षाद्को पानी संकलन गरेर तरकारी खेती

604 पटक पढिएको

सम्पादक: Dhadingnews.com

featuredimg/4649plastic pokhari.jpg


केवलपुर/लामो समयदेखि तरकारीखेती गर्दै आएका केवलपुरका कृषकले सिँचाइका लागि वर्षे पानी संकलन गर्न थालेका छन् । कृषि वन तथा वातावरण समिति केवलपुरले ८ वटा नारा र १४ वटा शीर्षक निर्धारण गरी कृषकलाई सहयोग पु¥याउने कार्यक्रम सार्वजनिक गरेसँगै सुख्खा गाविस मानिने केवलपुरका कृषकको वर्षे पानी संकलनतिर ध्यान गएको हो ।केवलपुरका ४६ वर्षीय रामशरण आचार्य प्रविधि र आर्थिक सहयोग एकैपटक गाउँ भित्र्याएकोमा दंग छन् । उनले २ वर्षअघि १ लाख २० हजार लिटर पानी अट्ने क्षमताको वर्षे पानी संकलन गर्ने प्लास्टिक पोखरी बनाएका छन् ।

पोखरीको पानी उपयोग गरेर ४० क्विन्टल काउली, १० क्युन्टल गोलभेंडा बिक्री गरी १ लाख १० हजार आम्दानीसमेत लिइसकेका छन् उनले । “यस वर्ष त्यही पोखरीमा माउर जातका ३ हजार ५ सय माछा हुर्काएँ,” आचार्यले भने ।

उनले माछाबाट करिब ९० हजार आम्दानी हुने अनुमान गरेका छन भने तरकारीबाट १ लाख ५० हजार । आउँदो हिउँदमा थप १ लाख २० हजार लिटर क्षमताको प्लास्टिक पोखरी बनाउने तयारी उनको छ ।

४ वर्ष स्थानीय स्वायत्त शासन ऐन– २०५५ र नियमावली– २०५६ अनुसार अगुवा कृषक श्यामचन्द्र आचार्यको पहलमा गाविस सचिव अध्यक्ष रहने गरी कृषि वन तथा वातावरण समिति गटन भएको हो । समितिले कामको सुरुवातीसँगै ‘देऊ सरकार किसानलाई सञ्चय कोष र पेन्सन, गर्दैनन् यसमा कसैले टेन्सन, व्यावसायिक कृषि गरौं, उत्पादन बढाऔं, विदेशी भर नपरौं’ लगायतका नारासहित विभिन्न १४ वटा काम गर्ने कृषकलाई सहयोग तथा प्रोत्साहन रकमस्वरुप नगद सहयोग गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
essay on cause and effect
कार्यक्रम सार्वजनिक भएसँगै कृषक वर्षे पानी संकलनमा आकर्षित भएको प्राविधिक अगुवा कृषक एवं समिति सदस्य श्यामचन्द्र आचार्यले बताए । व्यावसायिक कृषकका लागि बाह्रै महिना पानी खाँचो हुने भएकाले प्रविधि खोजिरहेका कृषकले प्रविधि र पैसा सँगै पाउने भएकाले वर्षे पानी संकलनमा ध्यान गएको उनले जनाए ।

“३० हजार लिटर क्षमतासम्मको पोखरी बनाउन ३ हजार, ६० हजार लिटर क्षमतासम्मको पोखरी बनाउन ४ हजार, १ लाख २० हजार लिटर क्षमतासम्मको पोखरी बनाउन ५ हजार नगद दिने व्यवस्था गरेका छौं,” उनले भने । तरकारीखेती गर्न र प्लास्टिक घर निर्माण गर्न ३ हजार, गोठेमल सुधार गर्न ५ हजार, सिँचाइ पम्प किन्नेलाई २ हजार, जोत्ने ट्र्याक्टर किन्नेलाई ७ हजार, सहकारीखेती गर्ने समूहलाई ७ हजार र व्यावसायिक फूलखेती गर्नेलाई ५ हजार अनुदान प्रोत्साहनस्वरुप दिइँदै आएको सदस्य आचार्यले जानकारी दिए ।

उनका अनुसार विपन्न परिवारलाई लक्षित गरी घरबगैंचा कार्यक्रम गर्नेलाई २ हजार दिने कार्यलाई निरन्तरता दिइएको छ ।

–कारोबारबाट

765qwerty765