ट्याङ्करको ठक्करबाट बेल्खुमा जितबहादुर श्रेष्ठ (मोटे दाइ)को मृत्यु

71 पटक पढिएको

२६ कार्तिक २०८३, बुधबार ०७:०७ सम्पादक: धादिङ न्यूज

धादिङ, २५ कात्तिक । धादिङको गल्छी गाउँपालिका-४ बेल्खुपुल नजिकै  कात्तिक २४ गते मंगलबार राती भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

चितवन तर्फबाट दुध लिएर काठमाडौंतर्फ जाँदै गरेको ट्याङ्करले मंगलबार राती ९.३० वजेतिर ठक्कर दिँदा गजुरी गाउँपालिका-६ बेल्खु इन्द्रायणी मन्दिर नजिक  बसोबास गर्दै आएका ५५ वर्षीय मोटे दाइ भनिने जितबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।काठमाण्डौंको वासिन्दा भएपनि श्रेष्ठ लामो समय देखि बेल्खुमा घर वनाएर परिवार सहित स्थायी वसोबास गर्दै आईरहेका थिए ।

दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले केहीबेर पृथ्वी राजमार्गमा आवतजावत अवरुद्ध गरेका थिए। घटनालगत्तै प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ। मृतकका परिवारसँगको सहमतिपछि प्रहरीको रोहवरमा मुचुल्का उठाई शव उठाइएको प्रहरीले जनाएको छ।