तिप्लिङमा व्यावसायिक स्याउखेती

533 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, -धादिङको उत्तरी भागमा पर्ने हिमाली बस्तीलाई स्याउको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । उच्च हिमाली भूभाग भएकाले अन्न तथा अन्य खेतीबाली उत्पादन राम्रो नहुने भएपछि परीक्षणका लागि तिप्लिङ–९, लिङ्जोमा यो वर्ष २ हजार स्याउका बिरुवा रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।images
जिल्लाका विभिन्न गाउँका कृषकले आफ्नै प्रयासमा सुरु गरेको स्याउखेतीले उत्पादन दिन थालेपछि लिङ्जोमा व्यावसायिक स्याउखेती गर्न थालिएको हो । । जिविसको गरिबी निवारण कार्यक्रमअन्तर्गत तिप्लिङमा गठित १६ वटा समूहले जिल्लामै पहिलोपटक व्यावसायिक स्याउखेती गर्न लागेको हो । प्रत्येक समूहमा १० देखि १५ जना कृषक आबद्ध छन् ।
कम्तीमा १ देखि ७ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा स्याउखेती गर्न सकिने कार्यालयले जनाएको छ । “त्यसैले पनि धादिङका उत्तरी भेगमा पर्ने तिप्लिङ, सेर्तुङ, लापा, रिगाउँलगायत गाविसमा व्यावसायिक स्याउखेतीको सम्भावना छ,” अर्का वागवानी विकास अधिकृत केशव घिमिरेले भने । वसन्त र वर्षा ऋतुमा पनि निकै कम मात्रामा पानी पर्ने हिमाली बस्ती भएका ठाउँमा व्यावसायिक स्याउखेती गरे जिल्लाको दिगो आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।
लिङ्जोआसपासका कृषकले आगामी वर्षका लागि ४ हजार स्याउको बिरुवा माग गरेकाले किसानको माग अनुसारको बिरुवा खोज्ने काममा कार्यालय लागि सकेको बरिष्ठ कृषि विकास अधिकृतहोमराज बिष्टले बताए । धादिङका लापा गाविसको नेवेर, नलाङ गाविसको पात्ले, धुषा गाविसको स्यादुललगायतका स्थानमा अहिले पनि स्याउ उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।