कुनै बेलाका सामान्य किसान अहिले उद्योगपति

551 पटक पढिएको

सम्पादक: Dhadingnews.com

‘यो बौलायो पनि भने तर मैले कसैको कुरा सुनिनँ ।’

काठमाडौँ, मङ्सर ३ गते । तेह्र वर्षअघि धान र कोदो फल्ने पाखो बारीमा तीन लाख रुपियाँ खर्च गरेर कफी रोप्दा धादिङ बेनीघाटका ध्रुवराज विश्वकर्माले ठूलै मानसिक सास्ती बेहोर्नुपर्‍यो । छँदा-छँदाको अन्न फल्ने बारीमा के गर्न लागिस् भनेर गाउँका बूढापाकाहरूको समेत गनगन सुन्नु परेपछि ठूलै तनावमा परेका विश्वकर्मा विगत सम्झँदै भन्छन्, ‘यसले के गर्न लाग्यो भनेर गाउँमा मेरै मात्र चर्चा चल्यो । यो बौलायो पनि भने तर मैले कसैको कुरा सुनिनँ ।’

कफी खेतीको बारेमा केही सामग्रीहरूको अध्ययन र कफीसम्बन्धी विभिन्न गोष्ठीहरूमा भाग लिएपछि हौसिएका ध्रुवले कसैको कुरा सुनेनन् । कफ ी खेतीमा तल्लिन भए ।

वि.सं. २०५५ मा कफी लगाउने निधो गरी आˆनो स्वामित्वमा रहेको ५० रोपनी जग्गामा कफी रोपण सुरु गरेका उनले धादिङमा मात्रै ३५ हेक्टर क्षेत्रफल जमिनमा कफी खेती हुन थालेपछि उत्साहित बनेका छन् । यस वर्ष मात्रै छ दशमलव पाँच मेटि्रक टन कफी गि्रनाविन उत्पादन भएको उनले बताए ।

सामान्य कफी खेती गर्ने किसानबाट सुरु भएको उनको कफी यात्रा कफी उद्योगको मालिकमा आइपुगेको छ र उनले दुई दर्जन जनशक्तिलाई रोजगारी प्रदान गरेका छन् । चिया उत्पादनका लागि लोकपि्रय मानिएको नेपाल कफीका लागि पनि चर्चित हुँदै जाँदा ध्रुवजस्ता उद्योगपतिहरूको पनि व्यवसाय बढ्दो छ ।

उनले २०६५ सालमा कीर्तिपुरमा बुद्ध अर्गानिक कफी इण्डस्टि्रज स्थापना गरी कार्यकारी निर्देशकका रूपमा कार्य गर्दै आएका छन् । सोही कम्पनीमार्फत अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात पनि गर्दै आएका छन् ।

कम्पनी स्थापनाकालदेखि उनले कम्पनी किसान तथा सहकारीको उत्पादनलाई जापान, कोरिया, जर्मन, बेलायत, प|mान्स, बेल्जियम, अस्टे्रलियालगायतका देशहरूमा कफी निर्यात गर्न सफल भएका छन् । सबैभन्दा धेरै आन्तरिक बजारमा कफी निर्यात गरेबापत नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत चिया तथा कफी विकास बोर्डको तर्फबाट प्रशंसापत्र र पुरस्कारसमेत प्राप्त गरेका उनले निकट भविष्यमा अर्गानिक कफीका विभिन्न ब्रान्डहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ल्याइने तयारीमा रहेको जानकारी दिए ।

वि.सं. १९९५ मा गुल्मी जिल्लामा हीरालाल गिरीले बर्माबाट कफी नेपालमा भित्र्याइएको इतिहास पाइएको छ भने सरकारले २०३२ सालदेखि मात्र सरकारीस्तरबाट किसानलाई प्रोत्साहित गरेपछि यसको बिस्तारै उत्पादन सुरु भई २०४७ मा किसानहरूको सङ्गठन बनेको थियो ।

गत आर्थिक वर्षसम्ममा एक हजार ७५२ हेक्टरमा कफी खेती विस्तार भई चार सय एक मेटि्रक टन कफी उत्पादन भएको छ । हाल नेपालमा कफी खेती गर्ने किसानको सङ्ख्या २६ हजार पाँच सय पुगेको छ, २०६४/०६५ मा यो सङ्ख्या १८ हजार थियो ।

नेपालको भौगोलिक बनोटका हिसाबले कफी खेतीको सम्भावना अत्यन्तै राम्रो देख्ने धु्रव धान, मकै, कोदोको दाँजोमा पाँच गुणा बढी फाइदा अन्य नगदे बालीको तुलनामा तीनगुणा बढी फाइदा लिन सकिने बताउँछन । त्यसैले नेपालमा किसानहरूलाई अन्तरबालीबाट पनि फाइदा लिन सकिने भएकाले र स्थानीय र बाहृय बजार राम्रो भएकाले नेपालमा कफी खेतीको सम्भावना अत्यन्तै राम्रो भएको उनले बताए ।

हाल नेपालमा कफीको बजार अत्यन्तै राम्रो छ आन्तरिक बजारमा -स्थानीय बजार) हाल उत्पादित कफी ३० प्रतिशत र बाहृय बजारमा -वैदेशिक बजार) ७० प्रतिशत कफी निर्यात हुँदै आएको छ । बजारको स्थिति भन्ने हो भने अहिले बजारमा यसको माग दिन प्रतिदिन बढ्दो छ । नेपाली कफी स्पेसियल्टी कफी र उच्च पहाडी भागमा फल्ने भएकाले गुणस्तरीय हुने हुँदा विश्व बजारमा नेपाली कफीको माग उच्च रहेको छ । त्यसैले पनि कफीको बजार अत्यन्तै राम्रो छ ।

भविष्यमा नेपालमा कफी खेतीको प्रबल सम्भावना देख्ने उनी भन्छन्, आर्थिक, रोजगारीको, वैदेशिक मुद्रा आर्जन र आयात प्रतिस्थापन वातावरण सन्तुलनका हिसाबले, हरियाली, दिगो र

जिम्मेवार पूर्ण पर्यटनका हिसाबले, भविष्यमा कफी खेती राम्रो सम्भावना छ । करिब ७० वर्षको इतिहासमा विभिन्न उतारचढाव पार गरेर अहिलेसम्म आइपुग्दा कफीको उत्पादन मध्यपहाडी ४० जिल्लामा बिस्तार भएको छ भने व्यावसायिक रूपमा २३ जिल्ल्ाामा खेती भएको छ ।

व्यावसायिक जिल्लामा इलाम, उदयपुर, सङ्खुवासभा, ओखलढुङ्गा, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर, रामेछाप, रसुवा, अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, तनहुँ, गोरखा रहेका छन् ।

कफीका विभिन्न जात भए पनि नेपालमा अरबिका जातको कफीको मात्र खेती हुने गरेको छ । नेपालमा पछिल्लो पाँच वर्षमा कफी उत्पादनमा उत्साहजनक वृद्धि हुँदै गएको विज्ञहरू बताउँछन् ।

गोरखापत्र दैनिकबाट