कृषि/पशुपालन /सहकारी

मर्साइछापमा तीन दिने तरकारी खेती तालिम शुरु

By Dhadingnews.com

February 11, 2014

धादिङको सुनौलावजार गाउँ विकास समितिको वडा नम्वर ६ मर्साइछापमा मंगलवार बाट तीन दिने तरकारी खेती तालिम शुरु भएको छ ।

                  शान्ति नेपालको अयोजनामा भएको तालिममा संस्थाद्वारा गठित अकलादेवी र सिर्जनशिल सामुदायिक विकास समूहका २५ जना कृषकहरुको सहभागिता रहेको छ । तालिममा नेपालमा तरकारी खेती, करेसावरीको आवश्यकता तथा महत्व, मौसमी तथ वेमौसमी तरकारी उत्पादनका लागि आधुनिक प्रविध, प्लाष्टिक घरमा गोलभेंडा खेती प्रविधि, तरकाी वालिमा रोग किराको एकिकृत व्यवस्थापन, नर्सरी व्यवस्थापन तथा जैविक विषादी निर्माणका विषयमा जानकारी गराइने तालिका प्रशिक्षक तथा कृषि प्राविधिक सुरेश सिग्देलले वताउनुभयो । समुदायमा कमजोर आर्थिक अवस्था भएका महिलाहरुलाई व्यवसायिक तरकारी खेतीतर्फ उन्मुख गराउने उद्देश्यले तालिमको आयोजना गरिएको शान्ति नेपालका समुदायिक विकास सहजकर्ता विमला नेपालीले जानकारी दिनुभयो ।