सहकारी पत्रकार समाजमा नयाँ नेतृत्व

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com

samaj1

काठमाडौं, माघ २९ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सहकारीखबर डटकमका कार्यकारी सम्पादक डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्यो ।

त्यस्तै उपाध्यक्षमा काठमाडौं पोष्टका राजेश खनाल, सचिवमा वर्तमान सहकारी मासिकका खिलानाथ दाहाल, सहससचिवमा नेपाल समाचारपत्रका तुलसीराम सुवेदी, कोषाध्यक्षमा सौर्य दैनिकका काजी श्रेष्ठ, सदस्यमा डेमो खबरका शर्मिला ठकुरी र नेपाल पत्र साप्ताहिकका भवानीशंकर ढुंगेल चयन गरेको हो ।

साधारणसभामा बोल्दै सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीको विकासका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए । सहकारीले उत्पादन वृद्घि गर्नतर्फ ध्यान दिनुपर्ने र सञ्चारले सहकारीलाई सही ठाउँमा ल्याउन खबरदारी गनपर्ने उनले बताए । सहकारीका केन्द्रिय संघहरुले नियमन गर्न नसकेको र सरकारी नियमनलाई पनि सहयोग नगरेको रजिष्ट्रार न्यौपानेले बताए । सहकारी सुधार गर्न सरकारले मात्र नसक्ने र सहकारी नेतृत्वको अंहम भूमिका हुने उनको भनाइ थियो ।samaj2

‘सहकारी अनुशासित हुनुपर्ने हो तर अनुशासनहीन हुदैँ गएको छ’ उनले भने । त्यस्तै सूचना सहकारी केन्द्रिय संघका अध्यक्ष बिष्णुहरि ढकाललले सहकारीको विकासका लागि सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष यादव हुमागाईले सहकारीले सञ्चारलाई चिन्न नसकेले सहकारी पछाडि परेको बताए ।

-सहकारीखबर डटकम