पोखरामा हुने प्रथम चिकेन फेष्टिबलको तयारी अन्तिम चरणमा

549 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पोखरा  ( धादिङ न्युज) –पोखरामा पोल्ट्री व्यावसायिक मञ्चले आयोजना गर्न लागेको पहिलो चिकेन फेष्टीबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बुधवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख ५ र ६ गते पोखरा सभागृहमा हुने फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रवेश निशुल्क रहेको मेलामा दुई हजारले अबलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । फेष्टिबल संचालन गर्न ८ लाख खर्च लाग्ने अनुमान आयोजक गरेको छ । १६ वटा स्टल रहने फेष्टिबलमा, दानाको ७ वटा, ह्याचरी ५, ओैषधी १, मीट प्रोडक्सन प्रोसेसीङ १ र विभिन्न २० थरिको चिकेन परिकार रहेको एक सटल गरी १६ वटा स्टल रहने चिकेन फेष्टिबलका प्रवक्ता डाक्टर आशेष भट्टराईले बताउनुभयो । पोखरामा दैनिक एक करोड १२ लाखको कुखुराको मासु खपत हुने पोल्ट्री व्यावसायिक मञ्चका अध्यक्ष जिवन बरालले जानकारी दिनुभयो ।