सहकारी नियमन, सुशासन, पारदर्शीता र समन्वयका विषयमा अन्तरक्रिया

939 पटक पढिएको

सम्पादक: Dhadingnews.com

DSC04388धादिङ,१५ बैशाख ः सदरमुकाम धादिङवेशीमा सहकारी नियमन, सुशासन, पारदर्शीता र समन्वयका लागि अन्तरक्रिया कार्यक्रम सोमवार सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको छ ।
डिभिजन सहकारी कार्यालय धादिङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता जिल्ला सहकारी संघका अध्यक्ष नेत्र पौडेलले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलले सहकारी मार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय,सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले सहकारी संघ संस्थाको सुशासन बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा धादिङका सहकारी अधिकृत कृष्णवहादुर वोहोराले धादिङमा सहकारीहरुको वर्तमान अवस्था,विकासमा सरोकारवाल निकायको भूमिका र भावी कार्यदिशा बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सहकारी अधिकृत वोहोराका अनुसार धादिङ जिल्लामा हाल विभिन्न १६ कार्यप्रकृतिका सहकारी संस्था र ६ प्रकारका बिषयगत संघ समेत गरी जिल्लाभरमा तीनसय ९३ वटा सहकारी संस्था र ६ वटा संस्था रहेको छ । जिल्लाभरका सहकारी संस्थाहरुमा ४८ हजार ६ सय २४ महिला र ३८ हजार ६ सय ३१ पुरुष गरी कुल ८७ हजार २ सय ५५ जना सहकारीको शेयर सदस्य रहेका छन ।
जिल्लाको ६६ वटा सहकारी सस्थाको व्यवस्थापन महिलाहरुले मात्र गरिरहेको पनि सहकारी अधिकृत वोहोराले कार्यक्रममा जानकारी दिनुभयो ।
कार्यmममा सहकारी क्षेत्रका विभिन्न उत्पादनलाई जिल्ला वाहिर पठाउन र आवश्यक बजारको सुचना प्राप्त गर्न सकिने सम्भावनाहरु, सहकारीमा स्वनियम र पारदर्शीता कायम गर्न लेखा समितिको भुमिका साथै सहकारीमा सुशासन र स्वनियमनलाई प्रभावकारी बनाउन गर्नुपर्ने प्रयासहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी वोर्डका सदस्य सीताराम कोईराला,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक सदस्य पार्वती खांड,प्रमुख कोष नियन्त्रक चन्द्रप्रसाद भुषाल,वरिष्ठ मालपोत अधिकृत रेवतीरमण ढकाल,धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णलाल उप्रेती,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्य रहेको थियो ।
जिल्लाका विभिन्न सहकारी सस्थाका प्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।