कृषि तालिममा ३६० युवा इजरायल पठाइने

644 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

 

ISreal

 

काठमाडौं, १८ बैशाख । इजरायली दुतावासको सहकार्यमा साना किसान विकास बैंकले ३ सय ६० युवालाई कृषि तालिमका लागि इजरायल पठाउने भएको छ , उनीहरुलाई इजरायलका किन्नरेट क्लेज, रामाता नेगेभ डेजर्ट एग्रिकल्चरल रिसर्च सेन्टर, आभारा इन्टरनेशनल सेन्टर फर एग्रिकल्चरल ट्रेनिङ सेन्टर र स्दोत नेगेभ रिजनल काउन्सिलमा तालिम दिइने जनाएको छ

बैंकका अनुसार यस वर्ष झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, सप्तरी, सिरहा, मकवानपुर, धादिङ, चितवन, गोर्खा लगायत १७ जिल्लाबाट प्रशिक्षार्थीलाई सहभागी गराउने योजना छ । ‘प्रशिक्षार्थीलाई आउंदो अक्टोकरसम्ममा तालिमममा सहभागी गराउनेछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि इजरायली राजदुत नन गोडरले कृषकलाई लक्षित गरेर साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रममको आयोजना गरेको बताए । ‘हामी करिब ६० वर्षदेखि विभिन्न कार्यमा सहकार्य गर्दै आएका छौं । त्यसको निरन्तरता कृषि हो,’ उनले भने ‘उद्यमी उत्पादन नगरी मुलुक विकास हुंदैन । थप उद्यमी उत्पादन भएको देख्न चाहन्छौं ।’ उनले कृषि क्षेत्रलाई विकासको इन्जिन बताउंदै कृषकलाई यसतर्फ लाग्न आग्रह गरे ।
कृषि मन्त्रालयका सहसिचव रामप्रसाद पुलामीले इजरायलबाट फर्केर आउने प्रशिक्षार्थीलार्य छुट्टै योजना ल्याएर सहयोग गर्ने बताए ।
यस कार्यक्रम अन्तर्गत जिल्लामा संचालित साना किसान कृषि सहकारी सस्थामा आवद्ध परिवारका युवाहरुलाई विभिन्न १०/११ महिनाको उन्नत कृषि तालिममा पठाइन्छ । गोला प्रथाबाट छनोट भएका प्रत्याशीहरुलाई सम्बन्धित इजराललको कलेजका प्रतिनिधिले अन्तर्वार्ता लिने बैंकले जनाएको आजको कान्तिपुरमा खबर रहेको छ इ नेपाल खबर डट कमले समाचार लेखेको छ ।