मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार पाण्डेद्वारा प्रहरी समक्ष आत्मसमर्पण

969 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं । मेगा बैंक ठगी प्रकरणका मुख्य योजनाकार राजेन्द्र पाण्डेले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

नक्कली हस्ताक्षर गरी मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट २ करोड ९ लाख बढी रुपैयाँ निकालेका उनी आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीले पाण्डे प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए अनलाईन खबरले समाचार लेखेको छ ।

Suspects-of-mega-bank-Scam
महानगरीय अपराध महाशाखाले गत शुक्रबार बैंकबाट ठगिएको रकमसहित प्रदीप पाण्डे, प्रविण पाण्डे र शम्भुबहादुर थापालाई पक्रेपछि मेगा बैंक ठगी प्रकरणमा बैंक म्यानेजरकै संलग्नता रहेको पुष्टि भएको थियो ।

धादिङ सलाङका पाण्डेको योजनामा मेगा बैंकको न्यूरोड शाखाबाट ०७० माघ १२ गते ९ लाख ९० हजार रुपैयाँ र १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २ करोड रुपैयाँको चेक क्लियरिङ गरी जम्मा २ करोड ९ लाख ९० हजार रुपैयाँ निकालिएको थियो ।