प्रवेशिका परिक्षाको तयारी अन्तिम चरणमा, केन्द्राध्यक्ष देखी परिचर सम्मको भत्ता बढ्यो

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

slcधादिङ–प्रवेशिका परिक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।चैत्र ५ गतेबाट सुरु हुने परिक्षाको लागि अहिले केन्द्रमा प्रश्नपत्र लाने भईरहेको जिल्ला शिक्षा अधिकारी गणेश ढकालले बताउनु भयो । यसबर्ष धादिङबाट नियमति तर्फ ५ हजार ८ सय ६२ जनाले प्रवेशिका परिक्षाको लागि फाराम भरेका थिए । त्यसैगरी एक्जाम्टेडबाट तर्फ ११ सय भन्दा बढीले परिक्षा दिने भएका छन् । प्रवेशिका परिक्षाको फाराम भरेका मध्ये विभिन्न कारणले ६८ जनाले परिक्षा दिन नपाउने भएको शिक्षा कार्यलय धादिङले जनाएको छ । यसैगरी यसबर्ष एउटा नयाँ परिक्षा केन्द्र तोकिएको छ भने एउटा केन्द्रलाई हटाईएर अर्कोमा सारीएको छ । सत्यवतीमा रहेको बछलादेवीमा नयाँ केन्द्र स्थापना गरीएको छ धने धादिङ बोडिङमा हुदैँ आएको परिक्षा केन्द्रलाई हटाएर बालमन्दीर माविमा सारीएको छ । परिक्षालाई मर्यादीत बनाउनको लागि सम्पुर्ण केन्द्राध्यक्षलाई निर्देशन दिईसकीएको छ । यसैगरी यसबर्ष परिक्षामा तोकिएका केन्द्रध्यक्षदेखी परिचर सम्मको भत्ता पनि बढाईएको छ । केन्द्राध्यक्षको दैनिक ८ सय, सह–केन्द्राध्यक्षको ५ सय त्यसैगरी गार्ड, प्रहरी र परिचरको समेत भत्ता बृद्धि गरीएको छ । यसबर्ष धादिङमा जम्मा २१ वटा परिक्षा केन्द्र तोकिएको छ । परिक्षामा अमर्यादीत गतिविधी गर्ने विद्यार्थीलाई १ लाख सम्ममको जरीवान र ६ महिना सम्म कैद समेत हुने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । प्रवेशिका परिक्षा आगामी चैत्र विहान ८ बजेदेखी सुरु हुदैँ छ ।