नुवाकोटको दुप्चेश्वर चेताङमा सुख्खा पहिरो, दुई जना सम्पर्कविहीन

965 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(फाइल तस्बिर)

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ को चेताङमा सुख्खा पहिरोमा २ जना फसेका छन्।

बुधबार मध्यान्ह १२ बजेदेखि जान सुरु गरेको सुख्खा पहिरोमा दुई जना परेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त कुवँरले बताए। नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको सिमाना नजिक पहिरो गएको प्रहरीले बताएको छ।

पहिरोमा फसेकाको उद्धार गर्न प्रहरी घटनास्थल गइसककेको र उद्धार कार्यमा सघाउन नेपाली सेनालाई समेत आग्रह गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले बताए।

गोठमा रहेका भैंसीलाई घाँस हाल्न जाँदा २ जना पहिरोमा फसेको र सम्पर्कविहिन भएको स्थानिय जानकी प्राथमिक विद्यालयकी शिक्षिका पिसाङ शेर्पाले बताइन्।

पहिरोमा फस्नेमा दोर्जे शेर्पा र एङ्सेन शेर्पा रहेको बताइएको छ। पहिरोले आङकाजी बाबु शेर्पाको घर पुरिएको छ भने थप ४ घर उच्च जोखिममा रहेको शेर्पाले जानकारी दिइन्।