घटना /दुर्घटना/ अपराध

प्रहरीद्धारा पलाङखर्कमा १२सय गाँजाका बोट नष्ट

गल्छी ।  लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला गाँजा रहित गाउँबस्ती बनाउने अभियान अन्तर्गत धादिङ  प्रहरीले गाउँ गाउँमा पुगेर गाँजाखेती नष्ट गर्न थालेकोे छ । बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले असोज १८ गते बिहीवार गल्छी गाउँपालिकाको वडा नम्बर ७ पलाङखर्कमा १२सय..

बुहारीलाई बलात्कार गरेको आरोपमा दुई जना जेठाजु पक्राउ

धादिङ, ९ असोज – बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन् । पीडितलाई २ वर्ष अघिदेखि बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । अन्तिम..

चितुवाको छाला बेच्न खोज्ने धादिङको बुद्धिमान तामाङ सहित ३ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला १ थान सहित ३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–१ वस्ने ३४ वर्षीय बुद्धिमान तामाङ र कास्की पोखरा..

थाक्रेमा मोटरसाईकल दुर्घटना , एकको मृत्यु

धादिङ, ३ असोज - दुई दिन देखि राजमार्ग र सहायक सडक मार्गमा सवारी साधन चलेका छैनन । प्रहरी, एम्वुलेन्स, प्रेस लगायतका सवारी साधन चलेको भएपनि निजी तथा भाडाका सवारी साधन भने ठप्प भएको छ । सडकमा अन्य सवारी साधन नचले पनि मोटरसाईकल भने गु्डेका छन । अरु सवारी साधन नभएपछि मोटर साईकलमा तीनजना सम्म चढेर हिड्नु पर्ने अवस्था आएको छ । यसैक्रममा धादिङको..

दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ,धादिङका ३ जना

काठमाडौं, १९ । भदौ प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ,  धादिङका राज तामाङ, नुवाकोटका राम तामाङ,नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ,..

त्रिशूली नदीमा डुवेर बालुवा झिक्ने मजदुरको मृत्यु

धादिङ, १८ भदौ : नदीमा अवैध ढंगबाट वालुवा निकाल्न मेशिन प्रयोग गरेका कारण बनेको खाल्डोमा डुवेर सोमबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदीबाट वगाएर एक बालुवा झिक्ने मजदुरको ज्यान गएको छ । रातीको समयमा मेशिन लगाएर वालुवा झिक्दा भएको खाल्डोमा फसेपछि नदीले वगाउँदा जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८..

मोटरसाइकल दुर्घटनामा परि ससाहमा एक जनाको मृत्यु

शनिवार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा एक जनाको ज्यान गएको छ । धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा ६४ प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भई सडक भन्दा तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका ६ बस्ने ३८ वर्षीय..

प्रहरीको गोलीबाट कोलोराडोमा नेपाली युवाको मृत्यु

नातीबाबु भट्ट डेनभर (कोलोराडो)  -स्थानीय प्रहरीले गोली चलाउँदा कोलोराडो ब्रुमफिल्डमा शनिवार साँझ एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय मिडिया फक्सन्यूज अनुसार शनिवार सांझ ८ बजेर ४५ मिनेटमा  प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको हो । प्रहरीको गोलीबाट अन्दाजी २५ बर्षका वेष्टमिनिष्टरमा स्थायी बसोवास गर्दै आएका बिरेन्द्र ठकुरीको..

१४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा कुम्पुरबाट एक पक्राउ

धादिङ । एक १४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरि हिरासतमा लिएको छ । पीडितको आमा बच्चा विरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी ०७५ भदौ ५ गते बलात्कारको प्रयास गरेका थिए । बलत्कारको प्रयास गर्दा मारिदिने धम्की..

सडक दुर्घटनामा हरेक दिन ५ जनाको मृत्यु

धादिङ -  गत हप्ता भएको सडक दुर्घटनामा परी दुई किशोरको मृत्यु भएसँगै बङ्गलादेशका हजारौ युवाहरू सडकमा उत्रिए सुरक्षित सडकको माग गर्दै । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा  समेत बन्द गर्न पुग्यो । हामी कँहा पनि हरेक दिन जसो..

चितवनमा बस र ट्रक ठोक्किँदा चार जनाको ज्यान गयो

चितवनको  रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय..

धारिलो हतियार प्रहार गरी फरार धादिङका ४ जना पक्राउ 

 अलग अलग स्थानबाट धारिलो हतियार प्रयोग गरी आक्रमण गरी फरार रहेका चार जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ परेकाहरुमा जिल्लाको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी ,२४ वर्षीय नबिन श्रेष्ठ, खनियाबास गाउँपालिका ४ बस्ने २४ वर्षीय दलबहादुर तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय श्यामबहादुर तामाङ रहेका छन । दुवाडी..

देशभरमा छब्बीस तुइन विस्थापन हुन अझै बाँकी

 काठमाडौँ। सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित..

प्लाष्टिकको झोलामा लुकाएर ७ दिनको शिशु बोक्ने रिगाउँका सरोज पक्राउ

शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई शुक्रवार  खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगाएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो । शिशु झोलामा हालेर लैजाने उनैका बावु सरोज तामाङ भएको प्रहरीले जनाएको छ । धादिङको गंगाजमुना १..

धादिङ र चितवनमा दुर्घटना ८ जनाको मृत्यु

धादिङ, ११ साउन - धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने पृथ्वीराजमार्गको जहरेखेत नजिकै नीजि कार त्रिशूली नदीमा खस्दा एकको मृत्यु भएको छ भने २ जनालाई उद्दार गरिएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार २५ मिटर तल त्रिशूली नदीमा खस्दा कास्की जिल्ला पोखरा वैदाम घर भएका ५१ वर्षका मधुसुदन सुवेदीको मृत्यु भएको..

समाचार

सबै

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडौं । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई.....

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई.....

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष.....

पहिरोले भत्काएको दुई महिनापछि स्याफ्रु–मैलुङ सडक मर्मतकार्य शुरू

भदौ २९, रसुवा । पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिवारबाट मर्मतकार्य.....

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको.....

Categories