धादिङमा मानव अधिकार बर्ष पुस्तकको त्रैमासिक समिक्षा सम्पन्न

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

CIMG8829धादिङ , कात्तिक ५ – अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले त्रैमासिक पूर्वसमिक्षा कार्यक्रम ०७१ कात्तिक ५ गते सदरमुकाम धादिङबेसीममा सम्पन्न गरेको छ ।
विगत तीन महिनामा भएका ८ ओटा घटनाहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका अबसरमा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले बलात्कार प्रयासका दुई ओटा, बोक्सी आरोपका दुई ओटा, घरेलु हिंसाका दुईओटा, बहुविवाहका एक ओटा घटना रहेको जानकारी दिए ।
सबैभन्दा बढी घरेलु हिंसामा पतिले कुटपिट गर्ने र नाङ्गै पारेर घर निकाला गर्ने घटनाहरु धेरै रहेको र यसलाई सामूहिक अभियानसंचालन गरि न्यूनिकरणका उपायहरु संचालन गर्न सरोकारवालाहरुले प्रतिवद्धता जनाएका थिए । बलात्कार र बलात्कार प्रयासका ९ महिनाको अवधीमा १६ ओटा घटना भएकोले यसलाई सरकारी र गैर सरकारी तवरबाट न्यूनिकरणका उपाय थाल्ने साहिक सचेतना अभियान गर्ने कार्यक्रममा सहभागिहरुले प्रतिवद्धता जनाएका थिए ।
विगत नौ महिनामा भएका ४३ घटनामा महिलामाथी भएका विभिन्न अपराध र हिंसाका घटनाहरु धेरै रहेको जानकारी गराइएको थियो ।
बोक्सीआरोप, महिला अधिकार उल्लंघन, महिलामाथी हुने हिंसा, बालबिबाह, बहुविवाह, मानवअधिकाररक्षकहरुमाथी भएका दुरव्यवहार धम्कीका घटनाहरु भएको कायृक्रमका अवसरमा जानकारी गराइइो ।
धादिङ जिल्लमा महिला हिंसाको अन्त्य गर्न मद्यपान र धुम्रपानको अन्त्य गर्न सके मात्र महिला हिंसाको अन्त्य हुने कार्यक्रममा सहभागिहरुले बताएका थिए ।
धादिङ जिल्लामा भएका घटनाहरुलाई बाहिर ल्यान इन्सेकले गरेको भूमिकाको बारेमा प्रसंशा समेत गरेका थिए । कार्यक्रममा धादिङ बार एसोसिएसनका अध्यक्ष दुर्गा तिवारी, पूर्व अधयक्ष टंक कुमार श्रेष्ठ, अधिबक्त भट्ट, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, पूर्वअध्यक्ष सिताराम प्रसाद बर्मा, मानवअधिकार एलाएन्सका राजाराम शर्मा, महिलामानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका सदस्य राधिका सापकोटा, मानवअधिकार संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद दहाल, पत्रकार, संघसंस्थाका प्रतिनिधिहरु गरि ३३ जनाको सहभागिता रहेको थियो । कायृक्रममा सहभागिहरुले लिखित रुपमा इन्सेकलाई सुझाव र धन्यवाद दिएको इन्सेक प्रतिनिधि अधिकारीले धादिङ न्यजुलाई जानकारी दिनु भयो ।