जिफन्ट धादिङमा सुजन थापा

567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gefont Dhadingधादिङ–नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को जिल्ला अधिवेशनले सुजन थापालाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न गरेको छ ।
जिफन्टका बागमति अञ्चल अध्यक्ष एवं केन्द्रीय सदस्य रामहरि नेपालको प्रमुख आतिथ्यमा महादेवबेसीमा सम्पन्न भएको अधिवेशनले ८ सदसीय कार्यसमितिको निर्वाचन गरेको हो ।
कार्यसमितिका उपाध्यक्षमा विष्णु गुरुङ, सििचवमा रामशरण खतिवडा अखिल, सहसचिवमा दुर्गा विडारीलाई निर्वाचित गरिएको छ भने सदस्यहरुमा रामेश्वर भट्टराई, सीता बस्नेत, संगिता लामा र पुस्कर थापालाई निर्वाचित गरिएको थियो ।