फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लियो

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मंसिर ७ – विश्व फुटबलको बरियतामा नेपाल ४ स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ७९ औं स्थानमा उक्लिएको हो ।

दक्षिण एशियाली मुलुकमा अफगानिस्तान १ सय ३४ औं स्थानमा रहँदै पहिलो स्थानमा छ । यस्तै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेश क्रमश दोस्रो तेस्रो, चौथो र पाँचौ स्थानमा छन् नेपाल छैठै स्थानमा छ भने पाकिस्तान सातौ र भुटान पुछारमा छ ।

विश्व बरियतामा जर्मनी पहिलो स्थानमा कायमै छ भने दोस्रो स्थानमा अर्जेन्टिना तथा तेस्रो स्थानमा कोलम्बिया छन् । यस्तै एक स्थान माथि उक्लदै बेल्जियम चौथो स्थानमा पुगेकोे छ भने नेदरल्याण्ड्स पाँचौ स्थानमा झरेको छ ।