चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

1118 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– rastrapati runningआगामी चैत्र २७ देखी २९ गतेसम्म धादिङबेसीमा सन्चालन हुने चौथो राष्ट्रपति रनिङ शिल्ड अन्र्तगतको क्षेत्रीय छनौट खेलकुद प्रतियोगितालाई तिव्र पारीएको छ । जिल्ला स्तरीय राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउनको लागी क्षेत्रीय प्रतियोगिताबाट छनौट भएर आउनुपर्ने प्रावधान रहेको जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय सचिव कृष्णलाल श्रेष्ठले जानकारी दिनुभएको छ । छनोट खेल अन्तरर्गत धादिङ क्षेत्र नम्बर ३ को विशालटार बेनिघाटमा छनौट चरणको खेल सन्चालन गरीएको छ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना भएको प्रतियोगितामा १२ ओटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा भलिबल, फुटबल, एथ्यलेटिक्स, हाइजम्प, लङजम्प, ज्यावलिङथ्रो लगायतका खेलहरु हुने जिल्ला खेलकुद विकास समितिका कार्यलय सचिव कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो । क्षेत्रिय प्रतियोगितामा चौथो स्थान सम्म हासिल गर्ने विद्यार्थीले आगामी चैत्र २७ गतेदेखी २९ गतेसम्म सन्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् । यता धादिङ क्षेत्र नम्बर १ र २ मा रहेका विद्यालयहरुले पनि विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराउने तीव्र तयारी गरिरहेका छन् । छनोट खेल अन्तर्गत धादिङ क्षेत्र नम्बर १ अन्र्तगत बसेरी गाविसमा चैत्र ७ देखी ९ गते सम्म र क्षेत्र नम्बर २ अन्र्तगत धादिङबेसीमा चैत्र १४ गतेदेखी १६ गतेसम्म हुने जिल्ला खेलकुद विकास समितिले धादिङले जनाएको छ । प्रतियोगितामा सकेसम्म धेरै विद्यार्थी सहभागी गराउने उद्देश्य सहित छनोट खेल गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताउनुभयो ।