आज महाशिवरात्रि पर्व

4327 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

shiva-kailash-320_030211021212काठमाडौ,-मुलुकभर हिन्दू धर्मावलम्बीहरुले महादेवको आराधना, भजन किर्तन, पूजा, होम गरी मंगलवार महाशिवरात्रि पर्व मनाउँदैछन । कान्तिपुर दैनिकमा समाचार छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ सेतोपाटी डट कमले खबर लेखेको छ ।
महाशिवरात्रिमा पशुपतिनाथको दर्शन र पूजा गर्न विहानैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइंचो लाग्ने गर्छ । यो दिन दर्शनार्थीहरूका लागि बिहानैदेखि मन्दिरको चारै ढोका खुल्ला गरिन्छ । यस पर्वमा पशुपति महादेवलाई दिनमा पञ्चामृत तथा रातलाई प्रथम, द्वितिय, तृतिय र चतुर्थमा बिभाजन गरी क्रमशः दुध, दही, घिउ र महले पूजा गर्ने चलन छ ।
पशुपतिनाथ दर्शन गर्न आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, बैरागीलगायतलाई गुठी संस्थानले आइतवारदेखि पाँच दिनसम्म भोजन र धुनी जगाउन मुढा उपलब्ध गराउने ब्यवस्था गरेको पशुपति गोश्वारा कार्यालय प्रमुख खिमा ओलीले बताए ।
पाहुनातीर्थयात्रीहरुलाई विहीवार एक/एक पाउको पेडा र दक्षिणासहित विदा दिने उनले बताए । साथै, यस पर्वमा राज्यका तर्फबाट दान गर्न फलफूल, बख्खु, पितांवरी, सिदा, मृगको छाला, बाघको छाला, कमण्डलु, राडीलगायतका वस्तुहरु राष्ट्रपतिबाट संकल्प गराई ल्याइसकेको उनीले बताए ।
शिवरात्रिको अवसरमा राजधानीको टुडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने शिवरात्रिको बधाई कार्यक्रममा परराष्ट्रपति रामवरण यादवसमेत सरिक हुने कार्यक्रम छ । यस पर्वलाई उपत्यका नेवार समुदायमा भने बेग्लै रुपमा मनाउने गर्छन । यस समुदायका केटाकेटीहरु दिनभर छरछिमेकीहरुको घर-घरमा गई नेपालभाषामा भाखा हालेर ‘महाद्यया चिकुल बुँगद्यया इकुल शिलाचाः च्वने सा सिँ छका ती -महादेवलाई जाडो भो, गणेशलाई रिंगता लाग्यो, जाग्राम बस्न एक कप्टेरो दाउरा देउ) भनेर दाउरा मागेर राति दोवाटो, चौवाटो र शिव मन्दिर आगडि ती दाउरा बालेर आगो ताप्ने गरिन्छ । साथै, त्यसै आगोमा हलुवा, तरकारी रोटी आदि पकाएर खाने चलन छ ।