१ सय जना बालबालिकाहरुलाई छात्रबृद्धि वितरण

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पिडा -गजुरीपिडा उच्च माध्यमिक बिद्यालय पिडा ५ को प्राङ्गणमा आईतबार बिभिन्न १३ बिद्यालयमा अध्ययनरत श्रमिक र आर्थिक अवस्था कमजोर चेपाङ बालबालिकाहरुहरुलाई बिद्यालय अध्ययन सहयोग सामाग्री वितरण गरिएको छ ।
schयूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरको साझेदारीमा संचालित बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङ पिडा गाविसका बिभिन्न १३ वटा बिद्यालयमा अध्ययनरत ५० जना बाल श्रमिक तथा आर्थिक अवस्था कमजोर भएका चेपाङहरुलाई आईतबार छात्रबृद्धि गरेको छ ।
यसै गरी आज नैे महादेवस्थान गाविसको वडा नं. ४ मा रहेका पिपल भज्याङ माध्यमिक बिद्यालयको प्राङ्गणमा बिभिन्न ११ बिद्यालयमा अध्ययनरत ५० श्रमिक र आर्थिक अवस्था कमजोर चेपाङ बालबालिकाहरुहरुलाई बिद्यालय अध्ययन सहयोग सामाग्री वितरण गरिएको छ ।
जिल्ला शिक्षा कार्यालयका शिक्षाका बिद्यालय निरिक्षक खेमनारायण काफ्लेको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा ,प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक,पिपलभज्याङ माविका प्रअ.अ लगायतको उपस्थिति रहेको थियो ।
गरिबीका कारण छोराछोरीलाई बिद्यालय पठाउन नसकेका अभिभावकहरुले बालाबलिकाहरुको पढ्नका लागि सहयोग पाउने भए पछि नियमित बिद्यालय पठाउन थालेका प्रजा प्रा.विका शिक्षक चन्द्रमान तामाङको प्रतिक्रिया रहेको छ । यूनाईटेड मिशन टु नेपाल धादिङ क्लष्टरको साझेदारीमा संचालित बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङ महादेवस्थान गाविसका बिभिन्न ११ वटा बिद्यालयमा अध्ययनरत ५० जना बाल श्रमिक तथा आर्थिक अवस्था कमजोर भएका चेपाङहरुलाई बिहिबार छात्रबृद्धि गरेको छ । छात्रबृद्धिमा बिद्यालय पोशाक,स्कूल ब्याग,कापी,डड्पेन,लगायत स्टेशनरी र नगद ३ सय रुपैया रहेको र यस बर्ष पिडा र महादेवस्थान गाविसका १ सय जना श्रमिकतथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष उषा बि.कले जानकारी दिनु भयो । छात्रबृद्धि वितरण कार्यक्रममा सहभागी भएका बिद्यालय निरिक्षकले देश विकासको लागि सबै नागरिक शिक्षित हुन आवश्यक रहेको बताउनु भयो । बालबालिका लक्षित गरेर संचालन गर्न लागिएको कार्यक्रम शिक्षीत समाज निर्माण मार्फत सामाजिक विकास केन्द्रित कार्यक्रम रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकको भनाई रहेको छ ।