जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन: पाैडेल,

690 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सचिव र सदस्य भने शनिबार मात्र टुंगाे लाग्ने

12699133_10206878794700814_364362939_oधादिङ । जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन नेत्र राज पाैडेल निर्वाचित हुनु भएको छ ।

शुक्रबार धादिङबेशीमा भएकाे १६ अाैं साधारणसभाले पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । सचिव बाहेक सबै पदमा निर्विराेध निर्वाचित भएका छन् । संघकाे उपाध्यक्षमा गंगादत्त तिमल्सेना र गंगा बिसुराल  त्यस्तै काेषाध्यक्षमा टंक नाथ शर्मा चयन भएका छन ।  ।

सचिव पदमा चार जनाकाे उम्मेदवारी परेका कारण सचिव पद भने टुंगाे लागेकाे छैन । सचिवमा पूर्व कोषाध्यक्ष विष्णु रिजाल, राजेन्द्र बस्नेत, सितादेवी खनाल र रमेश दाहालकाे दाबी रहेकाे छ । त्यस्तै १० सदस्यकाे लागि १७ उम्मेदवारी परेकाे छ । सहमती नभएकाे पदमा अागामी शनिबार निर्वाचन गरिने अध्यक्ष पाैडेलले जानकारी दिए । सके सम्म सर्वसम्वत गरिने पनि पाैडेलले वताउनु भयो ।