दोस्रो राष्ट्रिय धार्मिक सम्मेलन शुक्रबारदेखि

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २३ भदौ । धार्मिक—अध्यात्मिक संघसंस्थाको साझा संगठन सनातन हिन्दू मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबार (भदौ २४) देखि राजधानीमा हुँदैछ । धार्मिक—आध्यात्मिक शक्तिकेन्द्र निर्माण गर्ने लक्ष्यसहित हुन लागेको सम्मेलनमा दुईसय भन्दा बढी धार्मिक संघसंस्थाको सहभागिता रहने आयोजक संस्था सनातन हिन्दु मोर्चाका महासचिब पुष्पराज पुरुषले जानकारी दिए ।
नेपालको संविधान–२०७२ मा वैदिक सनातन हिन्दु राष्ट्र हटाई जनताको चाहनाविपरीत धर्मनिरपेक्षता लादिएको भन्दै मोर्चाले सम्मेलनमार्फत् हिन्दूराष्ट्र नेपाल कायम गराउन नयाँ रणनीति बनाउने मोर्चाका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिए । सम्मेलनले वैदिक सनातन हिन्दूराष्ट्र कायम गर्न दबाब दिनुका साथै पैसा र प्रलोभनका भरमा हुँदै आएको धर्म परिवर्तनविरुद्ध आवश्यक रणनीतिसमेत तय गर्ने अध्यक्ष भट्टराईको दाबी छ ।
हरेक राष्ट्र र समाजको जन्म र विकासको आधार त्यो राष्ट्रको धर्म, संस्कृति र सभ्यता रहेको भन्दै वैदिक सनातन धर्म नेपाल र नेपालीको पहिचान र सभ्यता भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकास गर्नु अपरिहार्य रहेको भन्दै सनातन हिन्दू एकता अभियानका लागि सम्मेलनको आयोजना गरिएको आयोजक संस्था सनातन हिन्दू मोर्चाले जनाएको छ । करिब छ सय धार्मिक नेता तथा साधुसन्तको सहभागिता रहने सम्मेलन राजधानीको ढुंगेधारास्ीित वनस्थली पार्टी प्यालेसमा हुने महासचिव पुरुषले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।