महादेबेसीमा संस्थागत क्षमता अभिवृद्धि कार्यशाला

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

untitled-1-copyमहादेवबेसी, धादिङ– लैङिगक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा  पहिलो दिन थाक्रे ३ महादेववेशी मा संस्थागत क्षमता अभिवृद्धि कार्यशाला सुरु भएको छ ।  समाज परिवर्तनको लागी सबै भन्दा पहिला आफु परिवर्तन हुनुपर्ने सहभागीहरुले बताएका छन् । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङको आयोजना र न्यायीक संसार को सहयोगमा महादेवेशीमा शुक्रवार बाट सुरु भएको साझेदारी संस्थाको संस्थागत विकासका लागी संस्थागत क्षमता अभिवृद्धी कार्यशाला गोष्ठीका सहभागीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा संस्थाका अध्यक्ष मेघ बहादुर तामाङ, कार्यकारी निर्देशक गोकर्ण रुपाखेती,सचिव माधव खतिवडा, कार्यसमितिका सदस्यहरु, साधारण सदस्य लगायत कर्मचारीहरु,न्यायीक संसारका कर्मचारीहरु को सहभागीता रहेको थियो । कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले संस्थाको ध्यये, लक्ष्य, उद्देश्य, मुल्यमान्यता, रणनीतिक योजना र भावि योजना लगायतको संस्थाको सम्पुर्ण पक्षको वारेमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा न्यायीक संसारका कार्यक्रम निर्देशक बिजय श्रेष्ठ र जिल्ला कार्यक्रम संयोजक प्रकाश भुषालले न्यायीक संसारले जिल्लामा गरेको सम्पुर्ण गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । यसैगरी सिड्स की सामी परियोजना संयोजक गँगा सुवेदीले समुदाय विकास व्यवस्थापनको विषयमा सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा न्यायीक संसारका कोषाध्यक्ष बलराम चापागाई, टेवेल नेपालका कन्ट्रिडाईरेक्टर विष्णु चापागाई लगायतको सहभागीता रहेको थियो । शुक्रवारबाट सुरु भएको तालिम १२ मंसिर सम्म सन्चालन हुने छ ।
केही झलकहरु