एमाले धादिङको जिल्ला कार्यालयमा ३ बर्ष पछि नेकपा एमालेको व्यानर

1287 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच बिच ३ बर्ष अघि भएको एकता फागुन २४ गतेको सर्वोच्च अदालतको आदेशबाट स्वत भंगभएपछि नेकपा एमाले धादिङको जिल्ला कार्यालयमा ३ बर्ष पछि नेकपा एमालेको व्यानर राखिएको छ । सोमबार नेकपा एमालेका जिल्ला सदस्य हरेराम लोहनी पार्टीका युवानेताहरु वेनि पाठक र दयाराम लम्सालले पार्टी कार्यालयमा नेकपा एमालेको वोर्ड राखेका हुन ।

गएको ३ महिना देखि प्रहरीको घेरामा रहेको उक्त कार्यालयबाट सोमबार देखि प्रहरी हटेको थियो ।
धादिङको मदन आश्रित स्मृति भवनमा स्थापना गरिएको एमाले कार्यालयलाई यस अघि नेकपाको जिल्ला कार्यालय कायम गरिएको थियो ।