खोजखबर

सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब बढ्यो

काठमाण्डौ । सरकारले निजामति कर्मचारी र सरकारबाट पारिश्रमिक पाउने कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।सरकारी कर्मचारीको सुरु तलबमानमा १८ देखि २० प्रतिशतले वृद्धि गरिएको छ । यो घोषणासँगै निजामति कर्मचारी, प्रहरी, सेना, सरकारी शिक्षक लगायतका सरकारी कर्मचारीहरुको तलब साउन १ गतेदेखि बढ्नेछ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट..

सयबाट सुरु गरेको वृद्ध भत्ता मासिक ३ हजार पुग्यो

नेकपा नेत्तृत्व सरकारले विगतको प्रतिवद्धता अनुसार ज्येष्ठ नागरिकलाई उपलव्ध गराउँदै आएको को सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ वृद्धि गरेको छ ।तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० बाट शुरु गरेको वृद्ध भत्ता सरकारले तीन हजार पुर्‌याएको हो ।  सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६(०७७ का लागि बजेट प्रस्तुत गर्दै..

खानेपानी प्रणाली निर्माण पश्चातको दिगो व्यवस्थापन तालिम

गजुरी - खानेपानी आयोजना निर्माण पश्चात दिगो व्यवस्थापन तालिम गजुरी गाउँपालिमामा सुरु भएको छ ।अक्सफाम प्रयास नेपाल र सिद्धलेक गाउँपालिमाको सहजिकरणमा निर्माण भएका आँपटार स्याखुटार,चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, पानी सुरक्षा टोली तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनाको सहभागी रहेको छ । दिगो..

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ पाठ्यक्रम

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो राजधानी डेली डट कमले खबर लेखेको छ । मुलुक संघीय..

धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको..

रेडक्रस कानुनको मस्यौदा आगामी ३ महिनाभित्रमा तयार हुने

धादिङ- नेपाल रेडक्रस सोसाइटीको तदर्थ केन्द्रीय कार्यसमितिले रेडक्रस कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारले नेपाल रेडक्रसको पुरानो समिति विघटन गरी गत जेठ ६ गते डा. विश्व केशर मास्केको अध्यक्षतामा १७ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । तदर्थ कार्यसमितिको पहिलो वैठक आइतबार  बसी आगामी ३ महिनाभित्र रेडक्रस कानुनको..

बूढीगण्डकी आयोजना क्षमता नघटाउन काँग्रेस धादिङको आग्रह

धादिङ -बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजना निर्माणमा ढिलाई नगर्न र डुवान क्षेत्रमा बाँकी रहेको मुआव्जाको बितरण सुचारु गर्न नेपाली कांग्रेस धादिङले आग्रह गरेको छ । आईतबार काँग्रेस धादिङका सभापति रमेश धमलाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका..

ब्रुसबाङको चेपाङबस्तीलाई दशैं सम्ममा सारिने घोषणा

धादिङ । दक्षिणी धादिङको सबैभन्दा विकटमा रहेको चेपाङबस्तीलाई आगामी दशैं सम्ममा स्थानान्तरण गरिने भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमूनाबस्ती स्थापना गरि यहाँका ३६ घर परिवार चेपाङहरुलाई स्थानान्तरण गरिने भएको हो । सबैभन्दा टापुको बस्ती भएका कारण खानेपानीको संकट व्यहोर्दै आएका ब्रुसबाङबासीलाई आधारभूत विकासका..

धादिङ समाज दक्षिण कोरिया धादिङ संस्था स्थापना

धादिङ- धादिङ जिल्लाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएकाहरुको पहलमा धादिङ समाज दक्षिण कोरिया धादिङ नामक गैर सरकारी संस्थाको स्थापना गरिएको छ । नवगठित संस्थाको कार्य समिति नौ सदस्यिय रहेको छ जस्को अध्यक्षमा केशव श्रेष्ठ, उपाध्यक्षमा सुमन सिम्खडा, सचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा ईश्वर रुपाखेती रहेका छन । कार्य..

चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा निधन

धादिङ -  धादिङको मैदीमा जन्मनु  भएका चर्चित साहित्यकार घिमिरे मैदेलीको ६५ बर्षको उमेरमा असामायिक निधन भएको छ । ब्लड क्यान्सरबाट थलिनु भएको घिमिरे दुई महिनादेखी नयाँ बानेश्वर स्थित सिभिल हस्पिटलमा स्वास्थ्य उपचार गराईरहनु भएको थियो । उपचारको क्रममा नै विहिवार दिउँसो ११ वजे उहाँको निधन भएको हो । बास्तविक नाम कृष्णप्रसाद घिमिरे भएपनि..

धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल भएको छ । भिडियो हेर्दा उदेक लाग्दो कुरा त के छ भने ति कैदीलाई होटलको कोठामा मस्ती गर्न दिंदै प्रहरीहरु भने कोठा बाहिर बसेर मदिरा पिउँदै उनलाई पहरा दिइरहेका छन् । सार्वजनिक भएको भिडियोमा सादा पोसाकका व्यक्तिहरु प्रहरी रक्सी..

नेकपा धादिङका जिल्ला सदस्यहरुले लिए पदको शपथ (फोटो फिचर सहित)

धादिङ- निकै लामो रस्साकस्सी, आरोप प्रत्यारोप, शंका उपशंकाका बिच नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) धादिङ जिल्ला कमिटी गठन भएको छ ।  पार्टी एकता भएको एक वर्ष पाँच दिन पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पूर्णता पाएको हो । दुई ठुला कम्युनिष्ट पार्टी साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेपाल कम्युनिष्ट..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई दिनमा १४ जनाको मृत्यु

धादिङ, ६ जेठ - शनिवार र आईतबार धादिङ जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाण्डौं आउँदै गरेको रात्री वस आईतबार विहान गजुरी गाउँपालिकाको बन्छेटारमा सडकबाट त्रिशूली नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चार जनाको घटनास्थलमा र पाँच जनाको उपचारका क्रममा मृत्यु..

अब मोटरसाइकलको पछाडि बस्नेलाई अनिवार्य हेल्मेट

काठमाडौं । दुई पाँग्रे सवारी साधनमा बढ्दै गएको दुर्घटना पछिको मृत्युदरलाई कमि गर्न अब मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम आउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त पन्तले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनु भएको हो । दुई पाङग्रे सवारी साधन बढि..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad