गल्छी गाउँपालिका

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

धादिङमा ‘बुकबस’ घुम्ती पुस्तकालय सञ्चालनमा

धादिङमा पहिलो पटक विभिन्न विद्यालयहरुमा बुक बस अर्थात घुम्ती पुस्तकालय सञ्चालनमा ल्याईएको छ । अमेरिकी दुताबासको सहयोगमा संचालित बुक बसले माघ १५ गते देखि फागुन ७ गते सम्म धादिङको गजुरी, आदमघाट र बैरेनीमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बुक बसले अन्तराष्ट्रिय संस्था पिस कोर संगको सहकार्यमा धादिङको आदर्श मावि गजुरी, वागेश्वरी..

सबारी दुर्घटनामा परि धादिङका दुई जनाको मृत्यु

काठमाडौँ र सुनसरीमा भएको छुट्टाछुट्टै सबारी दुर्घटनामा परि धादिङका दुई जनाको ज्यान गएको छ । काठमाण्डौंको नागार्जुन –१ रानीवन पानीट्यांकीमा भएको दुर्घटनामा धादिङ दार्खाकी ४० वर्षीया लीलाकुमारी घलेको मृत्यु भएको छ भने उनकी छोरी २५ वर्षीया छोरी शर्मिला घले घाइते भएकी छिन् । बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर..

उत्तम नेपालको सहयोगमा डुम्रिचौरमा बिद्यालय भवन निर्माण

 धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरमा जन्मिएर ३० बर्षदेखि बेलायत बस्दै आएका नेपाली व्यवसायी उत्तम नेपालले आफ्नो जन्मस्थानमा करीब ३ करोड नेपाली रुपैयाँ लगानीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिदिनुभएको छ । बेलायतमा सन् १९९१ देखि व्यवसाय गरिरहनु भएका व्यवसासी नेपालले आफ्नो जन्मथलो धादिङको गल्छी गाउँपालिका वडा..

साना कुरामै रमाउँदै स्थानीय तह-अलमलमै बित्यो ३३ महिना

स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ । स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा संघीय सरकारको दिगो..

धादिङ जिल्लामा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने

धादिङ– धादिङ जिल्लाको अधिकांश स्थानमा शनिवार दिउँसो ११ वजे देखि २ वजे सम्म बिजुली नहुने भएको छ । नेपाल बिद्युत्त प्राधिकरण धादिङ वितरण केन्द्रले एक सूचना जारी गर्दै धादिङबेसी, जहरे, र सल्यानटार सव स्टेशनबाट वितरण गरिएको बिद्युत्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो । शुक्रवार दिउँसो १ वज देखि ४ वजे सम्म पनि जिल्लाभरको बिद्यु्त्त सेवा..

गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने । नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा ३।९२ जि।पि।ए। ल्याएकी थिइन् । त्यति मात्रै होइन, अधिकारीले कक्षा ११ मा पनि ए प्लस नै ल्याएकी थिइन् । इश्वरीको स्थायी घर गल्छी..

स्वच्छ खानेपानीका लागि आयोजना निर्माण तिव्र गतिमा

धादिङ, १३ माघ । खानेपानीको अभाव झेल्दै आएका स्थानीयबासीको समस्या समाधानका लागि जिल्लाका विभिन्न स्थानमा सरकारी तथा गैर सरकारी निकायको समन्वयमा खानेपानी आयोजना सञ्चालन गरिंदैछ । जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ मा पिडा खानेपानी आयोजना निर्माण चरणमा रहेको छ । निर्माणाधिन पिडा खानेपानीको आयोजनाको विकास साझेदारहरुबाट संयुक्त रुपमा..

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार बस्ने ६० वर्षीय बद्रीबहादुर कार्की रहेको बैरेनी प्रहरी चौकीले जनाएको छ । शुक्रबार राति काठमाडौंबाट चितवनतर्फ गइरहेको प्र ३ ०२ ००९प ५९६० नम्बरको..

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन । विहिवार साँझ दुई छोरालाई समेत साथमै लिएर लामिछाने दम्पत्ति त्रिशूली नदीमा हेलिएकोमा श्रीमती जमुना रेग्मीको..

सल्यानटारमा रंगशाला र गल्छी ६ मा वडा कार्यालय निर्माण गरिने

 धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यान्टारको असिन फाँटमा रंगशाला निर्माण गरिने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले अघि सारेको यो प्रस्ताव नेपाल सरकारले स्विकृत गर्दै असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा रङ्गशाला निर्माणका लागि मन्त्रिपरिषदले निर्णय गरेकाले रंगशाला निर्माणको बाटो खुलेको हो । पुस २८ गते..

गल्छी,नेत्रावती र त्रिपुरासुन्दरीमा माघे संक्रान्तिलाई सार्वजनिक विदा

धादिङ – धादिङको तीन वटा स्थानीय तहले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विभिन्न जाती र समुदायले परम्परागतरुपमा फरक फरक ढंगबाट मनाउँदै आएको माघी पर्वलाई लक्षित गरि धादिङको गल्छी,नेत्रावती डवजोङ र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामातहत रहेका सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा सार्वजनिक..

सहारा दिने कोहि नहुँदा ५० वर्षीया नेत्रहिन बुहारी स्याहार्दै ८० वर्षीया बृद्धा

केशव अधिकारी धादिङ, २३ पुस -परिवारका सदस्य कोही नहुंदा ८० वर्षीया बृद्धालाई आँफुसंगै ५० वर्षीया नेत्रहिन बुहारीको पनि पालनपोषण गर्नु पर्ने वाध्यता आईलागेको छ । उनिहरुको परिवारमा नाता पर्नेहरु कोही छैनन्,सम्पत्ती पनि केही छैन । उनिहरुसंग केवल बाँकी छ सरकारले दिएको सामाजिक सुरक्षा भत्ता । सासुका लागि सरकारले महिनाको तीन हजार दिन्छ भने..

धादिङका स्थानीय तहको प्रशासनिक वर्गीकरण तीन वर्गमा

धादिङ – सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । देशभरका स्थानीय तहलाई चार वर्गमा बाँडिएको भएपनि धादिङमा भने घ वर्गमा कुनै पनि स्थानीय तह परेका छैनन । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यम ग र सुगमलाई घ वर्गमा..

बैरेनीमा बस दुर्घटना : एक जनाको मृत्यु १३ जना घाईते

बैरेनी । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी स्थित पृथ्वी राजमार्गमा आइतबार बिहान ४ः३० बजेको समयमा  काठमाण्डौंतर्फ बाट बाट मुग्लिन तर्फ जांदै गरेको बा २ ख ६२६८ नम्बरको यात्रु बस दुर्घटना हुुंदा एक जनाको मृत्यु र १३ जना घाईते भएका छन । सडकमा परेको खाल्डोमा परि बस अनिन्यत्रित भएर सडकमा पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा परि..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad