राप्रपा नेपाल धादिङको अध्यक्षमा श्याम लामा

609 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  – सक्रिय राजतन्त्र र हिन्दुराज्यको पक्षमा वकालत गर्दै आईरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धादिङ जिल्लाको सबै गाविस र नगरपालिका क्षेत्रमा आफ्नो संगठन विस्तार गर्ने भएको छ ।

धादिङबेसीमा सम्पन्न भएको पार्टीको प्रथम अधिबेशनले श्याम लामाको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको थियो ।

नव निर्वाचित कार्य समिति र क्षेत्रीय समिति मार्फत जिल्लाको एक नगरपालिका र ४६ वटा गाविसमा पार्टी संगठनको विस्तार गर्न लागिएको अध्यक्ष लामाले बताउनुभयो । संविधान सभामा चौथो स्थानमा रहेको राप्रपा नेपाललाई जिल्लामा भने अन्य दलले सर्वदलीय सहभागितामा छुटाएको भन्दै सो पार्टीले आपत्ति जनाएको छ ।

प्रथम जिल्ला अधिबेशववाट निर्वाचित जिल्ला कार्य समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सुदिप उप्रेती र डिलवहादुर गुरुङ तामाङ,सचिवमा मिनवहादुर गुरुङ र सह सचिवमा प्रकाश उप्रेती रहेका छन ।

त्यसैगरी अधिबेशनले क्षेत्रीय समितिको अध्यक्षमा क्षेत्र नम्बर १ मा धनप्रसाद गुरुङ,क्षेत्र नम्बर २ मा तुलवहादुर मगर र क्षेत्र नम्बर ३ मा जगदिश वर्तौलालाई चयन गरेको थियो । अधिबेशन राप्रपा नेपालका केन्द्रिय सदस्य गोकर्ण लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । जिल्ला अध्यक्षमा निर्वाचित लामा राप्रपा नेपाल धादिङका संस्थापक अध्यक्ष समेत हुन । संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै क्षेत्रमा राप्रपा नेपालले उम्मेदवारी दिएको थियो ।