राष्ट्रसङ्घीय महासचिव बानको अपिल

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ban ki moonसंयुक्त राष्ट्रसंघ, २१ असोज । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले उत्तरी सिरियाली सहरका नागरिकको जीवन रक्षाका लागि अपिल गर्नुभएको छ ।

उत्तरी सिरियाली सहर आयन अल अरबलाई जिहादी समूह आइएसले कब्जा गरिरहेका छन् । सोही कारण त्यहाँका नागरिकमा त्रास छाएको छ ।
– ः २ ः –

सो सहरका नागरिक असुरक्षित रहेका र उनीहरुले खान र बस्नको लागि पनि समस्या भोग्नुपरिरहेको भन्दै यसका कारण पर्नसक्ने असुविधाका लागि विश्वका नेताहरुलाई उहाँले आग्रह गर्नुभएको हो ।

उक्त क्षेत्रबाट हजारौंको सङ्ख्यामा नागरिक भागिरहेका छन् । विस्थापित हुनेहरुलाई पनि आईएस समूहका सशस्त्र लडाकूहरुले रोकिरहेको बताइएको छ ।

आईएसले सो क्षेत्रमा मानवअधिकार तथा अन्तर्राष्ट्रिय कानुनको पनि उल्लङ्घन गरी त्रास फैलाइरहेको महासचिव बान कि मुनका प्रवक्ताले जनाएका छन् ।

महासचिव बानले आईसलाई मानवअधिकारको हनन् नगर्न तथा नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

आईएसले हालैका दिनमा सिरिया र इराकमा ठूलो सङ्ख्याका नागरिकको हत्या गरेका छन् । उनीहरुले पछिल्लो समयमा ती देशमा हिंसा मच्चाएका छन् ।