प्रहरीद्धारा प्रदर्शनस्थल कब्जा

1285 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हङ्कङ, ३१ असोज । विगत दुई हप्ताभन्दा बढी समयदेखि आन्दोलनकारी विद्यार्थीहरूले अखाडा जमाई रहेका हङ्कङ्का मुख्य मुख्य बजार केन्द्रहरू दङ्गा प्रहरीले कब्जा गरेको छ ।

आज बिहान सबेरै सशस्त्र बलसहित आएका सयौँ दङ्गा प्रहरीले प्रदर्शनकारीहरूले गाडेका पाल, खडा गरेका सडक अवरोधहरू सवै हटाएका छन् ।

यद्यपि नगरको चौडा मुल सडक भने प्रहरीले हस्तक्षेप गरेको छैन । नगरको आर्थिक गतिविधिको केन्द्र मानिने भिक्टोरिया हादर्बरनजिक रहेको व्यस्त इलाका मोङ्ग कोकलाई प्रदर्शनकारीहरूले निर्बाध प्रयोग गर्दै आएकामा सशस्त्र प्रहरीले मुक्त गराएको छ ।

नगरको प्रमुख व्यापारिक केन्द्रनजिक रहेको मुख्य सडक आडमिराल्टी भने अव आएर प्रदर्शनकारीको मुल थलो भएको छ ।

हङ्कङका कार्यकारी प्रमुख लुङ्ग चुन यिङ्गले विद्यार्थी नेताहरूलाई वार्तामा बस्न तेस्रो पटक गम्भीर आह्वान गर्नुभएको केही घन्टापछि मात्र प्रहरीले उक्त हस्तक्षेप गरेको हो ।

प्रदर्शनकारी उपर प्रहरीले अत्यन्तै ज्यादती गरेको भिडियो दृश्य सार्वजनिक भएपछि नराम्ररी आक्रोेसित भएका हुन् ।

प्रदर्शनकारीहरुले हङ्कङ् चीनबाट राजनीतिक रुपमै स्वतन्त्र नभएसम्म अन्दोलन जारी राख्ने र यसका लागि जे सुकै पनि बलिदान गर्न तयार हुने भनी विद्यार्थी नेताले वार्तामा बस्न अस्विकार गर्दै आएका छन् । एपी