मलेसियामा एक वर्षदेखि नेपाली युवा बेपत्ता
927 पटक पढिएको
मलेसिया : एक वर्षअघिबाट मलेसियामा एक नेपाली वेपत्ता भएका छन् । मलेसियाबाट वेपत्ता छहरा गाविस–७ पाल्पाका नरबहादुर खत्री तिवारीको खोजीमा सहयोग गर्न उनका आफन्तले आग्रह गरेका हुन् ।२०६७ साउनमा कामका लागि मलेसिया आएका उनी एकवर्ष देखि घर परिवारको सम्पर्क बाहिर रहेको उनका भाइ केशव थापाले बताए ।
थापाका अनुसार उनी एक वर्षअघि कम्पनी छाडेर अवैधानिक भएका थिए । अवैधानिक भएपछि परिवारको सम्पर्कमा नरहेका उनको खाजी गर्न सहयोग गर्न परिवारजले सम्वन्धित पक्षसँग आग्रह गरेका हुन् । खत्रीको परिवारमा पत्नी र २ छोरी रहेका छन् ।
–







