मलेसियामा एक वर्षदेखि नेपाली युवा बेपत्ता

598 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

narabahadur_Khatri_Malaysia_288625997मलेसिया :  एक वर्षअघिबाट मलेसियामा एक नेपाली वेपत्ता भएका छन् । मलेसियाबाट वेपत्ता छहरा गाविस–७ पाल्पाका नरबहादुर खत्री तिवारीको खोजीमा सहयोग गर्न उनका आफन्तले आग्रह गरेका हुन् ।
२०६७ साउनमा कामका लागि मलेसिया आएका उनी एकवर्ष देखि घर परिवारको सम्पर्क बाहिर रहेको उनका भाइ केशव थापाले बताए ।
थापाका अनुसार उनी एक वर्षअघि कम्पनी छाडेर अवैधानिक भएका थिए । अवैधानिक भएपछि परिवारको सम्पर्कमा नरहेका उनको खाजी गर्न सहयोग गर्न परिवारजले सम्वन्धित पक्षसँग आग्रह गरेका हुन्  । खत्रीको परिवारमा पत्नी र २ छोरी  रहेका छन् ।