टोकियो । गिनीज बुकमा संसारका सबैभन्दा बृद्ध व्यक्तिका रूपमा दर्ता भएका एक जापानी ११२ बर्षका भएका छन । बुधबार उनको ११२ अाैं जन्मदिन मनाइएको छ ।
गत बर्ष जूनमा अलेक्जेण्डर इमिच १११ बर्ष र १२४ दिनको उमेरमा निधन भएपछि एक पूर्व कृषि रसायन शिक्षक सकारी मोमोई संसारका सबैभन्दा वृद्ध व्यक्ति भएका छन । मोमोई को जन्म पांच फेव्रुअरी १९०३ मा जापानको फुकुशिमा शहरमा भएको थियो । उनका पांच जना छोरा छोरीहरू रहेका छन ।
मोमोईका ६६ बर्षका छोरा हिरूले क्योदो समाचार एजेन्सीलाइ बताए अनुसार परिवारकाले जब जन्म दिन मनाउनमा उनको मद्दत गरे, त्यसबेला उनले मुस्कुराएर जबाफ दिए । उनको परिवारका अनुसार उनी यस उमेरमा पनि सक्रिय छन र अस्पतालका केही गतिविधिहरूमा भाग लिन्छन, जस्तै बल खेल्नु र सुन्दर अक्षरमा लेख्नु ।
-मिडिया एनपी