एकसोडस ट्रेकिङ एण्ड एक्पिडिसनको अध्यक्षमा रत्न मगर

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिस्ठानस्तरको ट्रेड यूनियन एकसोडस ट्रेकिङ एण्ड एक्सपिडिसन प्रा.लि.को चौथो अधिबेसनले रन्तबहादुर मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार सम्पन्न अधिबेसनले उपाध्यक्षमा पेमा नुरु शेर्पा, सचिवमा ङिमा शेर्पा, सह सचिवमा फुर्बा शेर्पा, कोषाध्यक्षमा पेम्बा छिरिङ भोटेलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मिङमार शेर्पा, इन्द्र सुनुवार, टीका तामाङ, पेम्बा शेर्पा, गणेश दाहाल चयन भएका छन् भने जिफन्ट प्रतिनिधिमा ङिमा ओङछु शेर्पा चयन भए ।

कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै यूनिट्राभका महासचिव सुमन पराजुलीले श्रमिकको सामाजिक सुरक्षाको कम्पनीले ग्यारेन्टी गर्नुपर्ने, ४ लाखको मेडिकल बीमा, १० लाखको दुर्घटना बीमा गर्नुपर्ने र टानको टिम्स रकममा भएको भ्रष्टाचार विरुद्ध सबै कम्पनीले आवाज उठाउनुपर्ने भनाई राखे ।

त्यस्तै सबै कम्पनीले श्रम ऐन मान्नुपर्ने भन्दै श्रम ऐन र नियमावलीमा रहेको व्यवस्थाको पूरा गर्नुपर्ने र श्रमिकले पनि अनुसाशित ढंगले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । कार्यक्रममा जिफन्ट बागमती अञ्चल उपाध्यक्ष प्रदिप भट्टराई, काठमान्डौ जिल्ला अध्यक्ष अर्जुन चौलागाईले पर्यटन पूर्वाधार निर्माणमा श्रमिकले पनि सहयोग गर्नुपर्ने लगायत श्रमिकका हक अधिकारका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।