मुक्तिनाथले ३४ प्रतिशत बोनसपछि फेरि ४० प्रतिशत हकप्रद ल्याउने

863 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

636131595794254613५० प्रतिशत हकप्रद बेचिरहेको मुक्तिनाथ बिकास बैंक(MNBBL)ले ३४ प्रतिशत बोनस सेयर जारी गरेपछि फेरि ४० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताबित बोनस सेयर पारित गर्न र हकप्रद जारी गर्ने अनुमति लिन मंसिर ४ गते पोखरामा दर्शौ बार्षिक साधारणसभा बोलाएको छ ।

संस्थापक नै तगडा

५० प्रतिशत हकप्रद सेयर बेचेपछि मुक्तिनाथको चुक्ता पूँजी एक अर्ब ५४ करोड पुग्नेमा ४० प्रतिशत हकप्रद जारी गरिएपछि दुई अर्ब १६ करोड हाराहारीमा पुग्नेछ । त्यसपछि बाँकी ३४ करोड रुपैयाँ बैंकले चालु आर्थिक बर्षको कमाईबाट बोनस सेयर दिएर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी दुई अर्ब ५० करोड सजिलै पुर्याउँनसक्छ । तर मर्जर र एक्विजिशनको विकल्प पनि बैंकले अघि सार्दै साधारणसभामा त्यसम्बन्धी प्रस्ताव लैजाने भएको छ ।

कम्पनीका संस्थापकहरु आर्थिक रुपमा सबल भएकाले एकपछि अर्को हकप्रद किनेर र खुद नाफाबाट सकेसम्मको बोनस सेयर दिएर चुक्ता पूँजी बढाई उदाहरणीय बिकास बैंकको रुपमा मुक्तिनाथ अगाडि आएको छ ।

बैंकको बोनस सेयर पाउन तथा साधारणसभामा भाग लिन यही कात्तिक २३ गतेसम्म सेयर किनिसकेको हुनुपर्ने गरी २४ गते सेयरधनी दर्ता किताब बन्द हुने सूचना पनि मुक्तिनाथले जारी गरेको छ । तर फेरि हकप्रद आउने भयो भन्दैमा उचालिएर महंगो मूल्यमा सेयर किन्नु नहुने वित्तिय बिष्लेशकहरुको सुझाव छ ।

यस बर्षको कमाई नै १० करोड

मुक्तिनाथले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा झण्डै १० करोड रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ४५ प्रतिशतले खुद नाफा बृद्धि गरी ९ करोड ९७ लाख कमाएको हो ।

पहिलो त्रैमासको बित्तीय बिबरण हेर्न यहाँ जानुहोस्

बैंकले प्रति सेयर आम्दानी बार्षिकीकरणको हिसाबले ३८ रुपैयाँ ३३ पैसा कमाएको देखाएको छ । निक्षेप संकलन र कर्जा परिचालनलाई तीब्र रुपमा बिस्तार गरेको बैंकले ब्याज आम्दानी झण्डै सात करोडले बढाएको छ भने संचालन मुनाफा पाँच करोडले बढेको छ ।

मुक्तिनाथको गत बर्षको खुद नाफा कमाईको प्रृबत्ति हेर्दा यस बर्ष ५० करोड भन्दा बढी नै कमाउनसक्ने संकेत देखिन्छ । गत बर्षको पहिलो त्रैमासमा ६ करोड ८५ लाख खुद नाफा कमाएको मुक्तिनाथले चोथो त्रैमासमा ३५ करोड ८८ लाख खुद नाफा पुर्याएको थियो ।

मुक्तिनाथको अर्को बिशेषता भनेको बर्षेनी बोनस सेयर बितरणको प्रतिशत बढाउँदै जानु पनि हो । गत बर्ष उसले ३१ प्रतिशत बोनस सेयर बाँडेको थियो ।

लघुबित्तको कामलाई पनि उत्तिकै महत्व

मुक्तिनाथले क्रमबद्ध प्रगति गर्नसक्नुको रहस्य राष्ट्रियस्तरको बिकास बैंकको रुपमा कारोबार बिस्तार गर्नु, संस्थागत सुशासन राम्रो हुनु साथै लघुबित्तको कामलाई पनि उत्तिकै महत्व दिनु हो । उसले निस्क्रिय कर्जाको अनुपातलाई गत बर्षको पहिलो त्रैमासको तुलनामा घटाएर ०.१८ प्रतिशत कायम गरे पनि अघिल्लोे त्रैमासको भन्दा बढेको छ । कर्जा जोखिम वापतको रकम पनि बढाईएको छ ।

अन्य आधारभुत सूचकहरु हेर्दा मुक्तिनाथको बोनस बाड्नु अघिको जगेडा कोष ६० करोड, मूल्य आम्दानी अनुपात ३२।७४ गुणा, प्रति सेयर नेटवर्थ १५७, पूँजी कोष अनुपात १२।७७, कोषको लागत ४।९६ रहेका छन् भने सबै कर्जामा विपन्न बर्ग कर्जाको अनुपात २६.३५ प्रतिशत रहेको देखाईएको छ ।

केन्द्रीय कार्यालय अब काठमाडौ

पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथले कारोबार बिस्तार गर्ने क्रममा राजधानमिा कर्पोरेट कार्यालय स्थापना गरी पानी पोखरीमा करोडौ पर्ने जग्गा किनेर केन्द्रीय कार्यालय सार्ने क्रममा साधारणसभाबाट त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउँन लागेको छ ।