नेपाल ग्रामीण विकास बैंकको दोश्रो बार्षिक साधारण सभा

1152 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_1855३६ करोड ६५ लाख ८२ हजार सञ्चालन मुनाफा हासिल
हरिश ढकाल–
बुटवल, -नेपाल ग्रामीण विकास बैंक लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७२÷०७३ मा ३६ करोड ६५ लाख ८२ हजार सञ्चालन मुनाफा हासिल गर्न सफल भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष  माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सो साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन लगायत आर्थिक वर्ष २०७२÷०७३ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह तथा अन्य वित्तीय विवरणहरु पारित गरेको छ ।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकको अग्रसरतामा पा“च विकास क्षेत्रमा स्थापना भएका साविकका पा“च वटा ग्रामीण विकास बैंकहरु मर्ज भई वनेको राष्ट्रिय स्तरको लघु वित्त विकास बैंकको रुपमा यस बैंकले २०७१ साउन ३० गते देखि एकिकृत कारोवार शुरु गरेको थियो । हाल यस बैंकको चुक्ता पू“जी ५५ करोड ७५ लाख रहेको छ । लघुवित्तको कारोवार गर्न राष्ट्रिय स्तरको संस्थाको रुपमा इजाजतपत्र प्राप्त यस बैंकले आर्थिक वर्ष २०७३÷७४ को पौष मसान्तसम्ममा ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पु¥याउ“दै आएको छ ।
२०७३ आषाढ मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको वा“की कर्जा रु. ६ अर्ब ४१ करोड ३० लाख १५ हजार र बचत परिचालन रु. १ अर्ब ८१ करोड ९३ लाख १४ हजार रहेकोमा चालु आ.व.को २०७३ पौष मसान्त सम्ममा बैंकको कुल लगानीमा रहेको वा“की कर्जा ७ अर्व ११ करोड ३६ लाख २१ हजार र वचत परिचालन रु. २ अर्व १ करोड ७५ लाख ६ हजार पुगेको छ ।

२०७२ आषाढको तुलनामा २०७३ आषाढमा बैंकको कूल लगानीमा रहेको वांकी कर्जा २२.७७ प्रतिशतले, वचत परिचालन २८.९८ प्रतिशतले र नाफामा ५५.०८ प्रतिशतले बृद्धि भएको छ । यसैगरी २०७२ पौषको तुलनामा २०७३ पौषमा लगानीमा रहेको वांकी कर्जा तथा वचत परिचालनमा क्रमश ः २३.३३ प्रतिशत र २३.८८ प्रतिशतले बृद्धि हुन गएको छ । गत आ.व.२०७२÷७३ को प्रथम ६ महिनामा बैंकले रु. १९ करोड ५२ लाख ६९ हजार सञ्चालन मुनाफा (कर तथा वोनस अघिको) गरेकोमा चालु आ.व.२०७३÷७४ को प्रथम ६ महिनाको अवधिमा रु. २८ करोड २० लाख ५० हजार सञ्चालन मुनाफा (कर तथा वोनस अघिको) गर्न सफल भएको छ ।
बैंकले वित्तीय साधन र स्रोतको अभावमा आफूभित्र रहेको शीपलाई उपयोग गर्न नसकी असहज जीवन यापन गर्न बाध्य ग्रामीण क्षेत्रका घरपरिवारका खासगरी महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई उनीहरुको घर गांउमा पुगेर लघु व्यवसाय तथा लघुउद्यम परियोजनाहरु सञ्चालन गर्न विना धितो सामूहिक जमानीमा लघु कर्जा प्रदान गर्ने लगाएतका सुबिधा प्रदान गर्दै आएको छ । साथै लघु वचत संकलन गर्ने, विप्रेषण सुविधा उपलव्ध गराउनुका साथै शीप विकास, वातावरण, स्वास्थ्य, अनौपचारिक शिक्षा, विपन्न महिलाहरुमा नेतृत्वको विकास जस्ता अतिरिक्त क्रियाकलापहरुको ज्ञान दिंदै स्वरोजगारीको अवसर सृजना गर्ने कार्यमा बैंक क्रियाशील रहेको छ ।
साथै बैंकले अनुशासित ग्राहक सदस्यहरुलाई अत्यावश्यक औषधोउपचार खर्च, भुकम्प÷आगजनी÷वाढी÷पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेका सदस्यहरुलाई पुनस्र्थापना खर्च, प्रसुती खर्च, सदस्यको मृत्यु भएमा प्रदान गरिने कर्जामा मिनाहा सहुलियत, शैक्षिक प्रोत्साहन खर्च, किरीया खर्च र स्वास्थ्य शिविर संचालन खर्च शीर्षकहरुमा राहत रकम समेत वितरण गर्दै आईरहेकोे छ ।

साधारण सभामा शेयरधनीहरुले उठाउनु भएको विभिन्न जिज्ञासाहरुका सम्वन्धमा सञ्चालक समितिका अध्यक्ष शाक्य र बैंकका प्रमुख कार्यकारी अधिकृत  पर्वत कुमार कार्कीले जवाफ दिनु भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत   कार्कीले मर्ज पश्चात बैंकको समग्र वित्तीय अवस्थामा उल्लेखनिय सुधार भईरहेको र आगामी दिनमा कार्यक्रम नपुगेका जिल्लाहरु मध्येका थप जिल्लाहरुमा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने, निस्कृय कर्जा असुली कार्यलाई उच्च प्राथमिकता दिने, कर्जा तथा वचतको आकारमा बृद्धि गर्ने, सर्वसाधारणलाई निस्कासन गर्न वांकी रहेको ९ लाख ७५ हजार कित्ता शेयर विक्री गरी पू“जी वृद्धि गर्ने र नया“ सफ्टवेयर जडान गरी बैंकको काम कारवाहीलाई यान्त्रिकीकरण गरी कार्य प्रभावकारिता वढाउने लगायतका योजनाका साथ काम भईरहेको समेत वताउनु भयो ।