मुक्तिनाथ विकास बैंकका चार शाखा थप

1275 पटक पढिएको

१२ आश्विन २०७५, शुक्रबार २०:०१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराहको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ ।

लाहन शाखाको उद्घाटन जिल्ला उद्योग वाणिज्य संघ, लहानका अध्यक्ष सुनिलकुमार महतो, गोलबजार शाखाको गोलबजार नगरपालिकाका मेयर वेदनाथ शाह, मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर सर्वण कुमार यादव तथा लालबन्दी शाखाको लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गरेका थिए ।

शाखा कार्यालयहरु समुद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

बैंकका ९५ वटा शाखा, १७ वटा ए.टि.एम. र करिब छ लाख ग्राहक रहेका छन् । आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु बैंकले प्रदान गर्दै आएको छ ।

त्यस्तै, निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । हालै बैंकले आकर्षक विशेषतासहितको नगद फिर्ता आवास कर्जा योजना सञ्चालनमा ल्याएको छ ।