मैदीमा तीन दिने पशु व्यवस्थापन तालिम

673 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मैदी / मैदी गाउँ विकास समिति स्थित वडा नं. ३ मा रहेको देउराली सामूदायिक संस्थाको आयोजनामा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन भएको छ ।
गरिवी निवारण कोष काठमाण्डौको आर्थिक सहयोग र परिवर्तनका लागि प्रतिवद्ध समाज कोसोक नेपाल धादिङको प्राविधिक सहयोगमा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
भेटेरिनरी प्राविधिक उमेश श्रेष्ठले सहजीकरण गर्नुभएको तालिममा देउराली सामूदायिक संस्थाका २७ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले बाख्रा पालन, कुखुरा पालन, भैंसी तथा बंगुर पालन, त्यसको व्यवस्थापन प्रक्रिया, आउन सक्ने समस्या र समाधानका उपायको बारेमा जानकारी गराईएको कोसोक नेपालका सामाजिक परिचालक नारायणकुमार श्रेष्ठले बताउनुभएको छ । तालिममा पशुपालन र त्यसको लागि आश्यक पर्ने घाँस व्यवस्थापन उन्नत घाँस उत्पादनका फाईदा तथा गर्नुपर्ने लगानी तथा सम्भावित आम्दानीको बारेमा समेत छलफल चलाइएको थियो । देउराली सामुदायक स.स्थाले दिएको पशु व्यवस्थापन तालिमले आफ्ना सामूदायिक संस्थाका सदस्यहरुलाई व्याबहारिक ज्ञान दिएको र आफूले समेत सीकेको सीपको भरपुर उपयोग गरेर जाने सामुदायिक संस्थाका अध्यक्ष पूर्णबहादुर परियारले बताउनुभएको छ ।