धादिङ क्षेत्र नं. २ मा नेकपा एमालेको संविधान सभा निर्वाचन परिचालन कमाण्डरमा जगन्नाथ नेपाल

608 पटक पढिएको

प्रकाशित मिति: २०७०, २३ आश्विन बुधबार १८:२३

सम्पादक: Dhadingnews.com

 

 

रामचन्द्र रुपाखेती
धादिङ/आगामी मंशिर ४ गते का लागि घोषित संविधान सभाको निर्वाचन देशैभर चहलपहल बढिरहेको सन्दर्भमा धादिङ मा समेत सरगर्मी बढेको छ । यसै सिलसिलामा बुधवार धादिङ क्षेत्र नं. २ मा नेकपा एमाले को १५५१ सदस्यीय जगन्नाथ नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरि चुनावी अभियानलाई तिब्रता दिएको छ ।
धादिङमा यस पटकको निर्वाचनमा अन्य समयको तुलनामा नेकपा एमालेका कार्यकर्ताहरु उत्साहपुर्वक चुनावी अभियानमा देखिएका छन् । वुधवार धादिङवेशीमा सम्पन्न २ नंं क्षेत्रिय भेलामा २ नं. क्षेत्रका १६ वटै गाविसबाटै उल्लेख्य कार्यकर्ता धादिङ वेशीमा सहभागी भएका थिए । भेलालाई सम्वोधन गर्दे नेकपा एमाले क्षेत्र नं. २ का उमेद्वार गुरुप्रसाद बुर्लाकोटी ले यस पालीको चुनाव बाट धादिङ नै एमाले को लाल किल्ला हुने कुरामा सवै कार्यकर्तालाई विश्वस्त भई अभियानमा लाग्न आग्रह गर्नुभएकोथियो ।। यसपाली को चुनावका लागि पार्टीभित्र कुनै विवाद नभएको र सवैको पुर्ण समर्थन र सहभागीता रहेको छ भन्दै टिकट पाउनुभन्दा अगाडीको चर्चा स्वभाविक भएकोले यसलाई लिएर कार्यकर्तालाई कुनै संका नलिन समेत आग्रह गर्नुभयो । त्यस्तै आफु एक जना पात्र मात्र भएको ले समग्र नेकपा एमालेलाई जिताउन र जित पछि आफु केवल पार्टी र पार्टीको सिन्द्धान्त लाई प्राथमिकता दिंदै जनताको सेवा गर्ने बताउनु भयो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ल कमिटि अध्यक्ष खेम लोहनी ले यसपाली को चुनावमा क्षेत्र नंं २ बाट सवैवपार्टी पंङती लागेर नेकपा एमालेलाई विजय बनाउन यो मौसम अति उपर्यूक्त भएकोले यसमा लाग्न, आफ्नो मतदाताको सुरक्षा गर्दै निर्वाध निर्वाचन सम्पन्न गराउन कार्यकर्ताई निर्देशन दिनुभयो । साथै दशैको अवशरमा केही अराजकतावादी पार्टीहरु पैसा वांढ्ने जस्ता निर्वाचन आचारसंहिता विपरितका कार्य गर्न थालेको खवर आइरहेकोले निर्वाचनआयोग लाई त्यस तर्फ ध्यानाकर्षण समेत गर्नुभएको छ ।

भेलाले राम प्रसाद अधिकारी को संयोजकत्वमा आर्थिक समिति, अर्जुन गोर्खालीको संयोजकत्वमा यूवा परिचालन समिति, सुवास खतिवडा को संयोजकत्वमा प्रचार प्रसार समिति, हेमराज छत्कुलीको संयोजकत्वमा सांस्कृतिक समिति समेत गठन गरेको छ । भेलाले प्रत्येक इलाका, गाउँ र वडा स्तरमा समेत निर्वाचन परिचालन समिति गठन गरि अगाडी बढ्ने निर्णय गरेको नेकपा एमाले धादिङले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २३ आश्विन बुधबार १८:२३ मा प्रकाशित