एमालेमा मेरो भूमिका केन्द्रीय कमिटीले तय गर्छ- विद्यादेवी भण्डारी
248 पटक पढिएको
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रीय कमिटीको निर्णय अनुसार एमालेमा आफ्नो भूमिका स्पष्ट हुने बताएकी छन् ।
मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेसनको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले महाधिवेशन नहुन्जेल केन्द्रीय कमिटीनै पार्टीको सर्वोच्च निकाय भएकाले केन्द्रीय कमिटीले नै आफ्नो भूमिका स्पष्ट गर्ने बताइन ।
विधान महाधिवेशनमा महाधिवेशनका प्रतिनिधिहरुले भाग लिने हो भन्दै भण्डारीले त्यसपछि पनि केन्द्रीय सदस्य थपिएको र प्रतिनिधि थप्न मिल्ने बताईन् । अहिले पार्टीका विभिन्न निकायमा आएका नयाँ नेतृत्वको विधान महाधिवेशनमा कसरी प्रतिनिधित्व हुन्छ भन्ने केन्द्रीय कमिटीको छलफलको विषय भएको बताइन ।
साथै भण्डारीलाई राष्ट्रपति हुदा संसद भंग गरेको बारे सोधिएको प्रश्नको जवाफ दिदै भण्डारीले आफुले मन्त्रिपरिषद्को सिफारिस अनुसार नै संसद भंगको निर्णय गरेको र त्यसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दबाब नरहेको बताएकी छन् ।








Monetize your traffic with our affiliate program—sign up now! https://shorturl.fm/Qxf9r
Sign up and turn your connections into cash—join our affiliate program! https://shorturl.fm/zWEoe
Promote our brand, reap the rewards—apply to our affiliate program today! https://shorturl.fm/ZcIJV
Promote our products and earn real money—apply today! https://shorturl.fm/LC8eU