काठमाडौँ अध्यक्षले सम्झाए एमालेको इतिहास
185 पटक पढिएको
काठमाडौँ । नेकपा एमालेको पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णयप्रति नेता कार्यकर्ताले प्रतिक्रिया दिन शुरु गरेका छन् ।
यसैबीच एमाले काठमाडौँका अध्यक्ष दिपक निरौलाले एमालेको इतिहास सम्झाउदै मदन भण्डारीलाई बोल्न नदिएको र केपी ओलीले उपत्यका छोडेपछि बैठक बस्ने इतिहास रहेको उल्लेख गरेका छन् ।
भण्डारी निकट मानिने निरौलाले मदन भण्डारीलाई बोल्न नदिएर ओलीलाई बैठकमा नबोलाएर आन्दोलन नरोकिएको उल्लेख गर्दै एमाले यसैको पृष्ठभूमिमा अगाडी बढेको बताएका छन् ।
उनले भनेका छन्- इतिहास साक्षी छ, पाँचैा महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बेाल्न नदिएको । यसैगरि बहुदलिय जनवादको बिषय शुरु गर्दा शुरुमा साथ दिने पनि न्युन नै थिए । यसै गरि केपि ओलीले उपत्यका छोडेपछि बैठक बस्ने बिगत पनि भेागेकै हो । केपी ओलीलाई मातहतमा नबेालाउन निर्देशन गरेर आन्देालन रेाकिएन । यसैको पृष्ठभुमिमा अगि बढेको एमाले हो ।








https://shorturl.fm/kJpQJ