नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदै

232 पटक पढिएको

१६ श्रावण २०८२, शुक्रबार १२:२१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजेदेखि बस्ने गरि स्थायी कमिटीको बैठक बोलाएका छन् ।

पार्टीका उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको विषय उठाइरहेका बेला बस्न लागेको स्थायी कमिटीको बैठकलाई विशेष रुपमा हेरिएको छ ।

यसअघि बुधबार बसेको पदाधिकारी बैठकले यस स्थायी कमिटीको बैठकका लागि पाँच एजेन्डा तय गरेको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकको सुरुमा पार्टी अध्यक्ष प्रचण्डले वर्तमान राजनीति परिस्थितिको बारेमा ब्रिफिङ गर्ने, पोखरा पुगेर रोकिएको पार्टीको अभियानलाई पुन: सञ्चालन गर्ने, केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने लगायतका एजेन्डामा छलफल हुने छ ।