‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ,उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ महेश बर्तोला
303 पटक पढिएको
काठमाडौं । प्रतिनिधि सभाका सचेतक समेत रहनुु भएका नेकपा एमालेका युवा नेता महेश बर्तौलाले हालको राजनीतिक घटनाक्रमलाई लिएर लोकतान्त्रिक व्यवस्थामा नागरिक अधिकार, सरकारको शासकीय कार्यशैली र संवैधानिक प्रक्रियाबारे प्रश्न उठिरहेका बेला नयाँ सरकार गठन संविधानबमोजिम हुनुपर्ने धारणा सार्वजनिक गर्नु भएको छ ।
विहिवार विहान सामाजिक सन्जाल फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै नेता बर्तौलाले लेख्नु भएको छ ।
लोकतन्त्रमा नागरिकले प्रश्न सोध्ने, असहमति जनाउने, खबरदारी गर्ने वा नयाँ सरकारको माग गर्नु स्वाभाविक प्रक्रिया भए पनि त्यसैसँगै राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र संवैधानिक व्यवस्थाको रक्षा गर्नुपर्ने जिम्मेवारी सबैले निर्वाह गर्नुपर्छ।
संसदीय अभ्यासअनुसार सरकार बन्नु वा ढल्नु सामान्य प्रक्रिया भएको उल्लेख गर्दै हालको सरकारले समेत सडकमा उत्रिएको जेन–जि पुस्ताको आवाजलाई सम्मान गर्दै नयाँ सरकार निर्माणको मार्ग प्रशस्त गरिसकेको बताइएको छ। अब संवैधानिक प्रावधानअनुसार नयाँ सरकार गठन गर्नुपर्ने दायित्व संसदको हुने र यसको पहल राष्ट्रपति संस्थाबाट हुनुपर्ने अपेक्षा गरिएको छ।
मुलुकमा भइरहेका घटनाक्रमलाई क्षणिक आवेग वा व्यक्तिगत स्वार्थका आधारमा होइन, दीर्घकालीन सोच र संवैधानिक प्रक्रियामार्फत मात्र समाधान गर्न सकिने जिकिर गरेका छन्। साथै, मुलुकको संविधान, लोकतान्त्रिक व्यवस्था र प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरी विभिन्न षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहन सबैलाई आह्वान गरिएको छ।







