एमाले नेतासँग सम्पर्क कठिन, आधाभन्दा बढीको मोबाइल स्विच अफ
306 पटक पढिएको
काठमाडौं, २६ भदौ – नेकपा (एमाले) का १८ पदाधिकारीमध्ये ८ जनाको मोबाइल स्विच अफ रहेको खुलेको छ। नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
उनका अनुसार १८ पदाधिकारीलाई सम्पर्क गर्ने क्रममा ८ जनासँग मात्रै कुराकानी भएको, २ जनाले फोन नउठाएको र ८ जनाको मोबाइल स्विच अफ अवस्थामा रहेको छ।
थपलियाले सबै नेता सुरक्षित रहेको जानकारी दिँदै, “सबै नेतालाई सचिवालयको भर्चुअल बैठक बसेर पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गर्न अनुरोध गरेको छु। आशा गरौं, छिट्टै विज्ञप्ति आउने छ,” भनेका छन्।
पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल नेपाली सेनाको शिवपुरीस्थित तालिम केन्द्र मा रहेको जानकारी छ। त्यस्तै, एक जना पदाधिकारी भैरवनाथ गण मा रहेका र अन्य नेताहरू पनि सुरक्षित स्थानमै रहेका बताइएको छ।







