धादिङको गल्छी–६ महेशदोभानमा इभि हाइस दुर्घटना, ८ जना घाइते, एक पैदलयात्रीको मृत्यु
164 पटक पढिएको
धादिङ । पोखराबाट काठमाडौं जाँदै गरेको इभि हाइस धादिङको गल्छी गाउँपालिका–६ महेशदोभान नजिकै नागथानस्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने इभिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज साँझ करिब ७ बजे भएको दुर्घटनामा सडक किनारमा हिँडिरहेका सीताराम अधिकारीलाई हाइसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा हाइसमा सवार ८ जना घाइते भएका छन्।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।







