पार्टी र पेशाकर्मीहरुको अन्तरसम्वन्धका बिषयमा जिल्ला स्तरीय अन्तरक्रिया
369 पटक पढिएको
धादिङ– पार्टी र पेशाकर्मीहरुको अन्तरसम्वन्धका बिषयमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार धादिङबेसीमा सम्पन्न भएको छ ।
पेशागत महासंघ नेपाल जिल्ला समन्वय समिति धादिङको आयोजनामा भएको पार्टी र पेशाकर्मी बिचको अन्तरसम्वन्ध बिषयक अन्तरक्रिया कार्यक्रम महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो ।
महासंघ केन्द्रिय समितिका प्रथम उपाध्यक्ष प्रेमलकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको अन्तक्रिया कार्यक्रममा महासंघका तृत्तीय उपाध्यक्ष हिरा नेपाल, नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी,जिल्ला कमिटीका सदस्य कुलमान विक,कुलनिधि खनाल लगायतको आतिथ्य रहेको थियो ।
महासंघका जिल्ला सचिव हरीप्रसाद थपलियाका अनुसार कार्यक्रममा पार्टी र पेशाकर्मी बिचको सम्वन्ध,सेवा प्रवाहमा सेवामुखी भावना लगायतका बिषयमा कार्यक्रमका प्रमुख अतिथी खनाल र बिशिष्ठ अतिथी लोहनी ले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । पेशाकर्मी जहिले पनि पेशाप्रति कर्तव्यनिष्ठ रहंदै जनताको हितमा काम गर्न तयार रहनुपर्ने खनालले बताउनु भएको थियो । पेशागत महासंघ धादिङमा जिल्लामा कृयाशिल सातवटा कर्मचारी संघ संगठनहरु आवद्ध रहेका छन । जस्मा नेपाल राष्ट्रिय शिक्षक संगठन,बैक विमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ,नेपाल निजामती कर्मचारी संगठन,स्थानीय निकाय कर्मचारी संघ,नेपाल स्वास्थ्य प्राविधिक संघ,राष्ट्रिय स्वास्थ्यकर्मी संघ,डिप्लोमा इन्जिनियर एशोसियसन आवद्ध रहेका छन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, ८ चैत्र शनिबार १५:२६ मा प्रकाशित