खानेपानी उपभोक्ता समितिमा दुईवटा प्यानलका विच प्रतिस्पर्धा हुने
615 पटक पढिएको
धादिङ,२६ बैशाख ः धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिमा दुईवटा प्यानलका विच प्रतिस्पर्धा हुने भएको छ । शनिवार सम्पन्न हुन गईरहेको निर्वाचनका लागि गणेशकुमार श्रेष्ठ र राजेन्द्र अधिकारीको नेत्तृत्वमा दुई प्यानलले छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन ।
बैशाख १० र ११ गते सम्पन्न भएको अधिबेशनको वन्द सत्रले सहमतीवाट कार्य समिति चयन गर्न नसकेपछि बैशाख २५ र २६ गतेका लागि निर्वाचनको मिति तय गरिएको थियो । पुर्व निर्धारित कार्यक्रम अनुसार शुक्रवार दुईवटै प्यानलले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि दुवै प्यानलका उम्मेदवारहरु उपभोक्ताको घर दैलोमा पुगेर भोट माग्नमा व्यस्त भएका छन । गणेशकुमार श्रेष्ठको नेत्तृत्वमा रहेको प्यानलमा श्रेष्ठ अध्यक्ष,भोजराज रेग्मी उपाध्यक्ष,बिष्णुभक्त श्रेष्ठ सचिव,हरिवहादुर श्रेष्ठ कोषाध्यक्षको उम्मेदवार रहेका छन । त्यसैगरी महिला सदस्यमा लीलादेवी श्रेष्ठ र अन्य सदस्यहरुमा फिक्चा तामाङ,इन्द्रवाहादुर श्रेष्ठ,आईतवहादुर गुरुङ,नारायणकुमार श्रेष्ठ ( नागजी),गिरीराज भट्ट,वलराम श्रेष्ठ,भगवती श्रेष्ठ र थानप्रसाद इटनी प्रत्याशी रहेका छन ।
यसैगरी राजेन्द्र अधिकारीको अध्यक्षतामा रहेको अर्को प्यानलमा भक्तकुमार श्रेष्ठ उपाध्यक्ष,मिनवहादुर थापा सचिव,रामलाल श्रेष्ठ कोषाध्यक्ष र शान्तिमाया गुरुङ महिला सदस्यको उम्मेदवार रहेका छन । सदस्यहरुमा भने मोतिलाल प्रधान,गंगावहादुर अधिकारी,ठाकुरकुमार श्रेष्ठ,पञ्चमाया तामाङ,राजनकुमार श्रेष्ठ,तेजवहादुर लामिछाने,कृष्णमणी नेपाल र यमवहादुर अधिकारी रहेका छन । दुवै प्यानलले सदरमुकाम र आसपासका वस्तीमा पुगेर आफ्नो पक्षमा मतदान गरिदिन उपभोक्ता समक्ष आग्रह गरेका छन । दुवै प्यानलको अध्यक्ष पदमा भने नेपाली कांग्रेस समर्थित व्यक्ति रहेका छन । गणेशकुमारको प्यानललाई नेपाली कांग्रेस,नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायतका दलको समर्थन रहेको छ भने अधिकारीको प्यानललाई नेकपा–माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी,अखण्ड पार्टी नेपाल लगायतका दलको समर्थन रहेको छ । सदरमुकाम र आसपासका वस्तीमा खानेपानी वितरण गर्दै आएको खानेपानी उपभोक्ता समितिमा एक हजार भन्दा बढी सदस्य रहेका छन ।