अध्यक्ष पदमा निर्वाचित भएपछि प्रेस बिज्ञप्ति मार्फत सहयोगीहरुलाई कृतज्ञता

566 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–धादिङबेसी खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको अध्यक्षमा पदमा भारी मतले विजयी हुनुभएका गणेशकुमार श्रेष्ठले प्रेस बिज्ञप्ति मार्फत आफ्नो अभियानलाई सहयोग पु¥याउने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । बुवाको निधन भएका कारण सार्वजनिक जिवनमा देखिन नपाएपनि श्रेष्ठले अख्तियारी दिएर उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
Copy of SAM_1703श्रेष्ठले जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा लेखिएको छ –धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको तेश्रोे साधारणसभा र दोश्रो अधिवेशनमा मलाई अध्यक्ष पदमा निर्वाचीत गराउनु हुने सम्पूर्ण उपभोक्ताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । पारिवारिक कारण निर्वाचन प्रक्रियाको सबै समयमा तपाइँहरुमाझ उपस्थित हुन नसकेपनि संस्थाको नेतृत्वका लागि मलाई विश्वास गरी नेतृत्व प्रदान गर्न हुने सबै उपभोक्ताप्रति आभार व्यक्त गर्न चाहन्छु । आमउपभोक्ताको विश्वास अनुकुल यस क्षेत्रको खानेपानी र सरसफाईलाई व्यवस्थित बनाउन आवश्यक कार्य गर्न पुनः प्रतिबद्धता व्यक्त गर्दछु । तपाईहरु माझ निर्वाचनका क्रममा गरेका प्रतिवद्धतालाई पूर्णता दिनु र अगिल्लो कार्य समितिले गरेका राम्रा कार्यको निरन्तरता दिनु म र मेरो कार्य समितिको मार्ग दर्शन हो भन्ने बुझेको छु । सोही अनुरुप कार्य अगाडि बढाउने छु ।
बिज्ञप्तिमा भनिएको छ –निर्वाचन लोकतान्त्रिक पक्रियाको सुन्दर अभ्यास मात्र हो । निर्वाचनमा पक्ष विपक्षमा विभाजित भएपनि त्यो निर्वाचन सँगै सकिएको छ । सबै उपभोक्ता, उपभोक्ताका अगुवा र सुभेच्छुकहरुलाई यसै संस्थाको छाताभित्र संस्थाको हितका निम्ति अगाडि बढ्न र सहकार्य गर्न अपिल गर्दछु । जिल्लाको सदरमुकामलाई सुन्दर र सफा बनाउनका लागि सबैले आआफ्नो क्षेत्रबाट इमान्दिरताका साथ सहभागि जनाउन अनुरोध गर्दछु ।
तेस्रो जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सफल नारायणकुमार श्रेष्ठको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमिति, निर्वाचन समिति, राजनैतिक दल, सञ्चारकर्मी, सुभेच्छुक एवं अग्रज सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । भोलिका दिनमा पनि धादिङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको हरतरहका कार्यमा निरन्तर सुझाव, सहयोगको अपेक्षा गर्दछु श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

धादिङन्युजमा प्रकाशित भएका  समाचार,लेख,रचना तथा अन्य कुनै पनि सामाग्री साभार गरेर कुनै पनि मिडियामा प्रयोग गर्न पाईनेछैन । यदि कुनै कारणवश साभार गर्नुपरेमा सामाजिक संजाल ( फेसबुक, टुविटर,व्लग तथा वेभसाईटमा ) प्रयोग गर्नुपरेमा अनिवार्य रुपमा हाम्रो श्रोत खुलाउनु पर्नेछ । सहयोगको अपेक्षा सहित धन्यवाद ।