विज्ञानमा रुढिवाद, राजनीतिमा ईश्वरवाद र कम्युनिष्ट को दायित्व
865 पटक पढिएको
कालीवहादुर मल्ल
हजारौं वर्षदेखि अध्यात्मवादको एकल वर्चस्व र आधिपत्य कायम रहेको दुनियामा १९औं शताब्दीको मध्यतिर अध्यात्मवादको चेतना (ईश्वरप्रधान) लाई चुनौती दिंदै सुसंगठित र व्यवस्थित ढंगले नयाँ वैज्ञानिक दृष्टिकोण देखापर्यो । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका रूपमा देखापरेको यस दृष्टिकोणले संसारमा नयाँ बहसको उद्घाटन गर्यो । आफ्नो उदयको छोटै समयमा हजारौं वर्र्ष शासन गरेको अन्धविश्वासी रुढिवादी विचारलाई टक्कर दिंदै दह्रो प्रतिपक्षको रूपमा स्थापित भयो । आत्म (चेतना) अर्थात् ईश्वरलाई नै आदि शक्ति मानेर जीवनजगत या वस्तुको सृष्टि (रचना) कर्ता मानेर उसैको निर्देशनमा चल्नुपर्ने अनि उसैको कृपाले राजा–रैती, धनी–गरिब, सम्पन्न–बिपन्न, ठूलो–सानो भएकाले उसैको इच्छाले जिउनुपर्ने जस्ता काल्पनिक भ्रमपूर्ण विचारका विरुद्ध पदार्थको आदित्व पुष्टि गर्दै यसको विकास र प्रयोगमा चेतानको भूमिका महत्पूर्ण हुन्छ भन्ने मान्यता अगाडि आयो । चेतनालाई पदार्थको ऐतिहसिक विकासको उपज ठहर्याउँदै चेतनाले पदार्थको उपयोगमा सरलता पैदा गर्दागर्दै पनि मुख्य विषय त पदार्थ र त्यसमा अन्तर्निहित गुण नै हो भनेर मानवजातिलाई मुक्तिको नयाँ गोरेटो खोलिदियो । यही बाटोले हजारौं–हजार वर्ष सम्म भाग्यलाई दोष दिएर थन्किएको मानवजातिलाई मुक्तिको संकेत देखायो । अगाडि बढ्दै जाँदा यो विचारलाई प्रतिवाद गर्ने र क्रस गर्नेहरू सबै पराजित भए । त्यसैले माक्र्सवादी दर्शन अपराजित हतियार बन्यो ।
माक्र्सवादी दर्शनले ईश्वरवादी भाग्यवाद्धारा लुटिएको श्रमजीवी जनताको भाग्य फिर्ता गराउँदै सत्तासिन बनायो । रुस, चीनलगायत विश्वको एकतिहाई भागमा द्वन्द्वात्मक भौतिकवादको सत्ता उदय भयो तर वैज्ञानिक विचारसँगको लडाइँमा पराजित वर्गले माक्र्सवादकौ घुम्टो पहिरिएर सोभियत संघको विघटन गर्न सफल भयो र समाजवाद ढल्यो । सोभियत रुसको विघटन र समाजवादको पतनपछि संसारको गति पुन ः उल्टियो ।
माक्र्सवादको उदयपछि त्यसको सामना गर्न असमर्थ ईश्वरवादी भ्यागुताहरू वर्षातको अन्त्यपछि जमिनमुनि लुक्ने शीतकालीन भ्यागुताहरू झैं लुके । तर, समाजको अन्त्य अनि क्वान्टम थ्योरीमा परमाणुको अवस्थाबारे केही रहस्यमय र अध्ययन गर्न बाँकी रहेपछि ‘विज्ञानमा आएको संकट’ भन्दै फेरि वर्षात सुरु हुँदाका अवस्थामा भ्यागुता झैं फुत्त–फुत्त निस्किन सुरु गरे । यसरी काल्पनिक ईश्वरलाई भजाएर लुटको संसार कायम राख्ने ईश्वरवादीहरू धर्मगुरु र पुजारीका रूपमा शासकहरूलाई ईश्वर वाणीद्धारा शासन गर्न निर्देशन दिने स्थानमा पुगे । विज्ञानको विकासले प्रविधिमा ल्याएको अद्भूत क्रान्तिको जगमा अमेरिकालगायत विकसित ठूला देशहरूमा दर्शनको स्थान धर्मले लिन पुग्यो । अमेरिकाले नेतृत्व गरेको विश्व ईश्वरवादले धर्मकै नाममा युद्ध छेडिरहेको छ । एकातिर इसाई अतिवाद अर्काेतिर इस्लामिक अतिवाद भएर हुने गरेको लडाइँमा लाखौं जनताको ज्यान गइसकेको छ । र, यो बढ्दो मात्रामा छ । राजनीतिक चेतनाका हिसाबले पिछडिएको आर्थिक रूपले बिपन्न देशका गरिब जनतालाई धर्मको क्याप्सुल डलरमा लपेटेर बिभिन्न धार्मिक समुदायलाई स्वधर्मच्युत गराउँदै क्रिस्चियनतर्फ डोर्याउँदै छ । विश्वका गरिब मुलुक र नेपालमा पनि खोलिएका नानाथरी नामका सामाजिक संगठन, स्कुल, कलेज र एनजिओ आइएनजिओ त्यसैका उदाहरण हुन् ।
अर्कातिर दिनप्रतिदिन खिइँदै गएको हिन्दु धर्म हिन्दु स्थान र नेपालमा रक्षाको प्रयत्नस्वरूप प्रवचन अभियान तीब्र भएको स्थिति छ । कुनै पनि विचार हरेक समाजमा त्यहाँको निरन्तर परिवर्तनसँगै आफूलाई रूपान्तर र विकास नगरी आङ्खनो अस्तित्व बचाउन सक्दैन । आजभन्दा झन्डै पाँच हजार वर्र्ष पहिलेको हिन्दु धर्म २१ औं शताब्दीमा पनि पाँच हजार वर्ष पहिलेकै समाजअनुसार चल्न खोज्दैछ । जो त्यतिबेला पनि व्यावहारिक र समाजमिल्दो थिएन । यही धर्मको पनि समाजमा आवश्यक पर्ने र मिल्दा विषयविपरीत गतिविधि गर्नुले हिन्दु धर्ममा अविश्वास बढ्दै गएको छ । उदाहरणका लागि श्रीमद्भागवतमा लेखेको छ ‘यावत जिवेत जठरम, तावत जिवेत देहिनाम, अधिकयोगी मन्यत सस्तेन दण्डो मर्हती’ अर्थात् काम गरेर एक पेट पाल्न सबैलाई हक छ, तर खाएर बचाउने चोर हो, त्यसलाई दण्ड दिनुपर्छ भन्ने भाव हो । त्यस्तैगरी, हिन्दुका देवता कृष्णले आङ्खनो दर्शनमा भनेका छन्, ‘कर्मण्य वादिके रास्ते मा फलेसु कदाचन’ अर्थात् काम गर्नु फल नखोज्नु भन्ने सार हो ।
यो कुराको पालनको धर्मात्माले गर्यो ? श्रीमद्भागवतले धन थुपार्नु हुन्न भन्यो किनभने धन त नचोरी थुप्र्रदैन भनेको हो भने नेपालमा भएका करोडपति अरबपतिलाई सजाय कसले गर्ने ? अनि काम गर्ने फल नखोज्ने हिन्दु को छ ? यी सबै कुरा आजभन्दा हजारौं वर्ष पहिले र माक्र्सवाद उदयपूर्व जनतालाई आफ्नो नियन्त्रणमा राख्न गरिएको शासक वर्गको चालको व्यवस्था मात्र थियो जो उनीहरूलाई लागू हँुदैन । यिनीहरूको धज्जी यिनीहरू आफैले उडाउँदैछन्, तैपनि जनता गुमराहमा पार्न एक देखिन्छन् । यति हुँदाहँुदै पनि मानिसहरू केही मात्रामा पछि लागेकै हुन्छन्, जस्तो नेपालमा भारतबाट रामदेव आउँदा होस् या कृपालु महाराज र उनका प्रचारक हरिदासजी आउँदा रत्नपार्कमा २७ दलको आमसभालाई उछिन्ने उपस्थिति किन हुन्छ ? नेपाल त झन् कम्युनिष्ट (भौतिकवादी) को बाहुल्यता भएको देश हो, यस्तो देशमा अन्धविश्वासप्रति विश्वास किन ? यो विचारणीय कुरा छ । अध्यात्मवादीहरू विज्ञानका विरुद्धको संघर्षमा मोर्चा कस्छन् । त्यही ठाउँमा विज्ञानका पक्षधरहरूको एकमत हूँदैनन्, किनभने ईश्वर र माक्र्सवादको भेद छुट्याउन नसक्नेहरू कतिपय कम्युनिष्टका नेता बनेका छन् । माओवादीमा लागे धर्म मान्न पाइन्छ, पाइन्न ? भनी सोध्नेहरूलाई ‘कर लाउन नपाइने धर्ममा स्वतन्त्रता’ भनिदिएपछि माओवादीमा प्रवेश गरेकाहरू एमालेमा वा अन्य घटकमा पसेकाहरूलाई विज्ञानको रक्षा आवश्यक किन पथ्र्याे र ? अर्काे कुरा सहरका विश्वविद्यालय महाविद्यालय प्राज्ञिक भनिएका संस्थाहरूमा पनि विज्ञान र धर्मको अन्तरमा अन्तक्रिया गरेको पाइँदैन । यसका साथै विज्ञानका पक्षधर माक्र्सवादीहरूले पनि सचेतनामूलक कार्यक्रम गरेको देखिंदैन । माओवादीले १० वर्र्ष जनयुद्धको समयमा केही कोसिस गर्यो तर त्यसको पनि पद्धतिसंगत ढंगले सञ्चालन गर्न सकेन । जनवादी संस्कृतिको ठोस परिभाषा आएन र जसले जे बुझ्यो त्यसैलाई जनवादी संस्कृति भन्दै गयो, कारण बुझाइमा अनेकता आयो । त्यो अनेकताले पैदा गरेको समस्याले ‘हिन्दु संस्कृति’ भन्नेतर्फ सोझ्यायो ।
अर्काे विचारणीय कुरा के छ भने आज राजनीतिक पार्टीको कार्यक्रममा ओइरिने मानिसहरू स्वामी हरिदासजीको प्रवचनमा जान्छन्, पार्टीको कार्यक्रममा होइन । राजनीतिक पार्टीको कार्यक्रममा गाडी र भाडाको व्यवस्था आयोजकले गर्नुपर्छ र कार्यकर्ता पनि बैतनिक रूपमा परिचालन हुन्छन् तर जोगीको प्रवचनमा केरा, दही, फलफूल र भेटी लिएर ओइरिन्छन्, किन ? यो विज्ञान र भौतिकवादप्रतिको घट्दो विश्वास हो ? विश्वासमा विश्वास गर्न छोडेर अविश्वासमा विश्वास किन बढ्यो ? गरेपछि सम्भव वर्तमनमा विश्वास नहुने तर गरे पनि केही नपाइने भविष्य (मृत्युपछि पाउने) उधारो कुरामा विश्वास र आस्था बढ्नुको कारण के हो ? यसको कारण आफूले ठम्याएको दर्शन (दृष्टिकोण)लाई आफैले विश्वास नगर्ने भौतिकवादीहरूको ढुलमुलेपन स्वार्थीहरूले भएको हो । यस्तैगरी, द्वन्द्ववाद र भौतिकवादका प्रचारक आफैं जीवनको पछिल्लो कालमा धार्मिक र सांस्कृतिक रूपले आत्मसमर्पण गर्नुले त्यसो हुन पुग्यो । तेस्रो कारण भौतिकवादी विचारका नेताहरू सत्ताबाहिर हँुदा विज्ञानका कुरा र सत्तामा पुगेपछि अध्यात्मवादसँग जोडिनुले पनि धर्मभीरुहरूलाई आङ्खनो नारा सही भएको पुष्टि गर्न सजिलो भयो । चौथो कुरा समस्याको वैज्ञानिक विधिद्धारा समाधान नदिनुले नयाँ नपाउँदा र विश्वास नलाग्दा जनताले भएकैबाट समाधान खोज्दा पनि फर्किन परेको हो । पाँचौं कुरा अध्यात्मवादले विज्ञान र भौतिकवादकै प्रयोग गरी आफू स्थापित हुने सिर्जनात्मकता अपनायो तर विज्ञानका प्रयोगकर्तामा अध्यात्मवादकै प्रयोग गरी आफूलाई स्थापित गर्न कलाको अभाव हो । एकपटक आध्यात्मवादीलाई ।