पुस्ता अन्तर र पुस्तान्तरण ।
1148 पटक पढिएको
बिष्णु सामरी
समयको परिवर्तन सँगै समाजका हरेक परीदृश्यहरु पनि परिवर्तन हुँदै गैरहेका छन । पहिले पहिले हाम्रा पुर्खाहरु धन कमाउन लाहुरेको रुपमा हङ्कङ मलाया जान्थे आजकल हङ्कङ मलायको साथ साथै युरोप अमेरिका सम्म पुग्न नेपाली दाजुभाइ हरुलाई खासै गाह्रो छैन। पहिले पहिले अध्ययन गर्न टुपी पालेर वनारस जान्थे आजकाल जुल्फी पालेर बेलायत अस्ट्रोलिया सम्म नेपाली विद्यार्थी हरु पुगी सके समय अनुकुल सर्पले काचुली फेरेझै मान्छेहरुले पनि आफुलाई समयानुकुल राख्न अनवरत रुपमा संघर्स गरिरहेका छन। हामीले थाहा पाउदा पाउदै समयले यती फड्को मारिसकेको छ कि नेपाल जस्तो अबिकसित मुलुकमा केही बिकट गाउ बस्ती बाहेक लगभग हरेक जनताको हात हातमा मोबाइल पुगिसकेको छ । ५-७ बर्षको अन्तारालमै प्रबिधी ले निकै फड्को मारेको छ त्यसैले अहिले शहर बजारका हरेक युबा युबतिले आफ्नै हात बाट विश्व नियालिरहेका छन। हरेक कुराको सकारात्मक पक्ष सँगै नकारात्मक पक्ष पनि छन प्रबिधिले बिकास सँग सँगै बिकृती पनि फैलाएका छन। १५ -२० बर्ष पहिले गाउमा हुर्केको बच्चा र शहरमा हुर्केको बच्चामा ब्यापक फरक पाइन्थ्यो अहिले खासै फरक पाइदैन गाउमा जन्मेको यो पङ्तिकार भर्खर स्कुल जाने बेलामा मोबाइल भन्ने थाहा सम्म थिएन अहिलेको बच्चाहरु डेढ बर्ष देखिनै कानमा मोबाइल राख्न सिकी सकेका हुन्छन बजारको खेलौनालाई बाबुआमाले देखाउनै पर्दैन पसलमा जाने बित्तिकै आँफै समाउछन समयले मानिस लाई निकै चलायमान बनाएको छ। अघिल्लो पुस्ता भन्दा पछील्लो पुस्ता झन बढी कृयाशिल हुन थालेका छन । अघिल्लो पुस्ता भन्दा पछील्लो पुस्ता बढी चन्चले र जिज्ञासु हुने गर्छन् यो कुनै बैज्ञानीक तथ्य होइन मेरो आफ्नै अनुभब हो । राजनैतीक सामाजिक आर्थिक सबै दृष्टिकोण बाट नजरअन्दाज गर्दा पनि त्यस्तै भान हुन्छ। अहिले श्रम शक्तिको रुपमा रहेको युबा शक्ती बिदेशिने फेशन जस्तै भएको छ। गाउका कुना कुन्दराहरुमा मलामी जाने मान्छे समेत अभाब हुन थालेका छन गाउ घरतिर ब्रिद्द ब्रिद्दा, महिला र स्कुले केटा केटी बाहेक युबा शक्ती भेट्टाउन मुस्किल पर्दछ। अहिलेको युबा पुस्ता बिदेशमै रमाउन थालेका छन। देशको राजनैतीक अवस्था र बेरोजगारिको समस्याले गर्दा देशको हालत झन बिग्रदै गैरहेको छ। अहिले देशको अर्थतन्त्र को मुल हिस्सेदार रेमिट्यान्स बन्न पुगेको छ । देशमा कयौ राजनैतीक परिवर्तन हरु भए तर हाम्रो देशका दुर दराजका बस्ती हरु परिवर्तन भएनन परिवर्तन केबल सिमित ठाउँ र ब्यक्तिहरु मात्रै भए। यसरी नै अब आउने पुस्ता पनि बिदेशिने हो भने खाडी मुलुक गएका दाजुभाइ त फर्केलान तर युरोप अमेरिका गएका दाजुभाइ दिदिबहिनी हरु उतै भासिए भने हाम्रो मुलुकको दुर्दशा कस्तो होला त्यसैले हामी सबैले आउने पुस्ताका लागि आफ्नै मुलुकमा बस्ने बतावरण निर्माण गर्ने हो कि ?