पत्रकार महासंघका सदस्य गुरुङमाथि हमला,घटनाको सर्वत्र निन्दा

528 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका कार्य समिति सदस्य ठाकुर गुरुङ केही व्यक्तिहरुको आक्रमणमा परि घाईते हुनु भएको छ । मार्पाक गाविसका पुर्व बिद्यार्थीहरुको साझा संस्था भुतपुर्व बिद्यार्थी समाज मार्पाकको शनिवार काठमाण्र्डो बनस्थलीमा आयोजित सम्मेलनका क्रममा गुरुङ माथि आक्रमण भएको हो । महासंघका सदस्य गुरुङ माथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले बिज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
1964869_712986702095062_499282450515161985_nगुरुङलाई नयाँ कार्य समिति चयन भइसकेपछि कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै एक समूहले आक्रमण गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघका जिल्ला शाखा अध्यक्ष नवराज छत्कुलीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा घटनामा घाइते गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न दोषीहरुमाथि कारवाहीको लागि प्रशासन समक्ष जोडदार माग गरिएको छ । यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले पनि बिज्ञप्ति जारी गर्दै आफ्ना जिल्ला अध्यक्ष माथि भएको सांघातिक हमलाको विरोध गरिएको छ । सस्थाका सचिव सरिता श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ –बिना कारण गरिएको आक्रमणको हाम्रो संस्था तथा पत्रकारहरु घोर भत्र्सना गर्दछौं । हाम्रो संस्थाका अध्यक्ष घाइते गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कानुनी कारवाहीको लागि प्रशासन समक्ष जोडदार माग गर्दर्छौ ।
यसैगरी रेडियो विहानी, क्रान्तिकारी पत्रकार संघ लगायतका संचार सम्वद्ध संस्थाहरुले पनि गुरुङमाथि भएको आक्रमणको विरोध जनाएका छन । टाउको र छातीमा गम्भीर चोट लागेपछि गुरुङको जनमैत्री अस्पताल काठमाडौंमा उपचार भईरहेको छ ।